News Portal

स्व. अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल -धरान गार्डेन फुटबल क्लब बिजयी

रातोपोस्ट संवाददाता
११५५ पटक

काँकरभिट्टा, ५ माघ । मेचीनगरको काँकरभिट्टामा जारी स्व. अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको साेमबार सम्पन्न खेलमा धरान गार्डेन फुटबल क्लब सुनसरी बिजयी भएकाे छ ।

धरान गार्डेन फुटबल क्लब सुनसरीले रोलिङ क्लब धुलाबारीलाई ५–४ गोल अन्तरले पराजित गरेको हो । जीतसँगै धरान गार्डेन फुटबल क्लब सुनसरी सेमीफाईनलमा प्रवेश गरेको छ ।

तुर्केनी खेल मैदानमा भएको खेलमा भएको प्रतियोगितामा दुबै टिमले आएका अवसरहरु सदुपयोग गर्न सकेनन् । अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा निर्धारित समय दुवै टिमले गोल गर्न नसके पछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । जसमा धरान भाग्यमानी साबित भयो । प्रतियोगितामा उत्कृष्ट खेलाडी धरान गार्डेन फुटबल क्लबका गाेल किपर खगेन्द भण्डारी  म्यान अफ दि म्याच घोषित भए ।

उनलाई आयोजकका प्रमुख सल्लाहाकार राजु गुरुङ्गले नगद सहित ट्रफि प्रदान गरे । भोलिको पहिलो खेल काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र शिवसताक्षीधाम फुटबल क्लबबीच दिनको १:३० बजे हुने आयोजकका सल्लाहकार डिल्लिराम अधिकारीले जानकारी दिए । तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित प्रतियोगितामा ९ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफि पाउने छन् ।

प्रतिकृया दिनुहोस्