News Portal

प्रचण्ड र बाबुरामको बाटो गलत भएको प्रमाणित भयो- महासचिव विप्लव

रातोपोस्ट संवाददाता
६९५ पटक

काठमाडौँ , २४ फागुन  । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड र बाबुरामको बाटो गलत भएको प्रमाणित भएको बताएका छन् । कपिलवस्तुमा आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौ महाधिवेशनलाई सम्बोधन गर्दै विप्लवले प्रचण्डको बाटो सक्किएको बताउदै उनीहरु हिडेको बाटो गलत भएको अहिले आएर प्रमाणित भएको बताए ।

यस अघि आफुलाई देशमा अस्थिरता ल्याएको पार्टी फुटाएको आरोप लगाइएको भन्दै विप्लवले अहिले आएर आफु सहि र उनीहरु गलत भएको बताए । विप्लवले प्रधानमन्त्री ओलीले आफ्नो पार्टीलाई किन प्रतिबन्ध लगाएको भन्दै आफुहरुले अपराधी, भ्रष्ट्राचारीलाई कारवाही हुदा कसरी गलत भयो भन्ने प्रश्न गरेका छन् ।

जनताले आफुले  भनेको कुरा हुन्छ भनेर जनताले ओली र प्रचण्ड नेतृत्वको नेकपालाई दुई तिहाई दिए पनि उनीहरुले जनताको पक्षमा काम गर्न नसकेको कारणले सरकार बनेको एक बर्षमै संघर्ष शुरु भएको बताए । उनीहरुको संघर्ष देश र जनताको लागि नभएर आफ्नो लागि भएकाले अहिलेको अवस्था आएको विप्लवले बताए ।

प्रतिकृया दिनुहोस्