News Portal

नेपाली बक्सिङ टोली दुबई प्रस्थान

रातोपोस्ट संवाददाता
४७२ पटक

काठमाडाैं, २ भदाै । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बुधवार दुबई प्रस्थान गरेको छ । युथको पुरुषतर्फ ६० केजीमा इन्द्रबहादुर सुनार, ५४ केजीमा सुलभ माली र ७१ केजीमा सुदेन गिरी तथा महिला ५७ केजीमा नारिका राईले प्रतिस्पर्धा गर्नेछन् ।

जुनियरको पुरुष ५४ केजीमा छिरिङ वाङदी शेर्पा तथा महिला ५० केजीमा स्वस्तिका तिरुवाले खेल्नेछन् । गत जुलाई ११–१३ तारिखसम्म सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको नेपाल बक्सिङ संघले जनाएको छ । प्रशिक्षकमा दीपक महर्जन, डम्बर दत्त भट्ट, सन्दिप श्रेष्ठ र दुर्गा गहतराज रहेका छन् ।

नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी तथा झापा जिल्ला बक्सिङ संघका सदस्य तर्कराज राई व्यवस्थापकको भूमिकामा छन् । प्रतियोगिता अगस्ट २० देखि ३१ तारिखसम्म सञ्चालन हुनेछ । टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले लगायतले बुधवारै एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

प्रतिकृया दिनुहोस्