News Portal

मेचीनगर युवा कपकाे दोस्रो दिन ५ खेल सम्पन्न

रातोपोस्ट संवाददाता
४४३ पटक

झापा, २ असोज  । झापाको मेचीनगरमा जारी दोस्रो ‘मेचीनगर युवा कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार ५ खेल सम्पन्न भएका छन् । जसमा मेचीनगर वडा नम्बर २, ८, १, भानु क्लब र वडा नम्बर १५ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् ।

मेचीनगर– ६ स्थित काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको आज भएको पहिलो खेलमा मेचीनगर वडा नम्बर २ विजयी भएको छ । वडा नम्बर २ ले वडा नम्बर ५ लाई २–१ गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा मेचीनगर वडा नम्बर ४ लाई पराजित गर्दै वडा नम्बर ८ विजयी भएको छ । प्रतिष्पर्धात्मक भएको खेलमा वडा नम्बर ८ ले ४ लाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।

आजै भएको अर्काे  खेलमा वडा नम्बर १ विजयी भएको छ । वडा नम्बर १ ले वडा नम्बर १२ लाई २–० गोल अन्तरले पराजित गरेको छ । चौथो खेलमा भानु क्लब मेचीनगर ६ विजयी भएको छ । भानु क्लबले वडा नम्बर १३ लाई १-० गोल अन्तरले पराजित गरेको छ ।

त्यस्तै पाँचौ तथा अन्तिम खेलमा बसपार्क ११ काँकारभिट्टालाई टाई ब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै वडा नम्बर १५ विजयी भएको छ । अन्यन्तै प्रतिष्पर्धात्मक भएको खेलको निर्धारित समयमा दुवै टिमबाट समान १/१ गोल भएपछि खेलको नतिजा टाई ब्रेकरबाट लिईएको थियो । जसमा वडा नम्बर १५ भाग्यमानी साबित भयो । प्रतियोगिताको तेस्रो दिन आइतबार तीन खेल हुने आयोजकले जनाएको छ । आइतबारको पहिलो खेल मेचीनगर वडा नम्बर ७ र स्नोकर ११ एफसी बिच दिनको २ बजेदेखि तथा दोस्रो खेल डाउनटाउन फुटबल क्लब र वडा नम्बर ११ बिच दिनको ३ बजेदेखि हुने छ ।

त्यस्तै आइतबार नै हुने तेस्रो तथा अन्तिम खेल धुलाबारी फुटबल क्लब र हेप्पी क्लब बिच दिनको ४ बजेदेखि आयोजकले जनाएको छ । राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको आयोजनामा सञ्चालित प्रतियोगितामा नगरका २० टिमको सहभागी रहेको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार तथा उपविजेताले नगद २० हजारसहित, ट्रफी मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता फाइनल खेल असोज ८ गते हुने छ ।

प्रतिकृया दिनुहोस्