News Portal

टि-२० विश्वकप : पाकिस्तानले भारतलाई १० विकेटले हरायो

रातोपोस्ट संवाददाता
३४४ पटक

काठमाडौं, ८ कार्तिक । आईसीसी टी–२० विश्वकपमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्ताने विश्वकपमा पहिलो जित निकालेको छ । भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा पछ्याएको हो ।

आइतबार राति भएको सुपर १२ को खेलमा ओपनरद्वय मोहम्मद रिज्वान र बाबर अजामले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि पाकिस्तानले शानदार शुरुवात गरेको थियो । जितको लागि १ सय ५२ रनको रक्ष्य पछ्याएको पाकिस्तानले १७।५ ओभरमै कुनै विकेट नगुमाई लक्ष्य भेट्टायो ।

पाकिस्तानको लागि दुवै ओपनरले अर्धसतक पूरा गरे । मोहम्मद रिज्वानले ५५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ७९ रन बनाउँदा बाबर अजामले ५२ बलमा ६८ रन जोडे । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

प्रतिकृया दिनुहोस्