News Portal

लुम्बिनीले जित्यो यू-१९ राष्ट्रिय क्रिकेटको उपाधि

रातोपोस्ट संवाददाता
३५४ पटक

काठमाडौं, १९ मंसिर । काठमाडौंमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा उपाधि लुम्बिनी प्रदेशले जितेको छ। आइतबार टियु मैदान कीर्तिपुरमा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै उपाधि जितेको हो। फाइनल खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सम्पुर्ण विकेट गुमाएर २१२ रन तयार गरेको थियो।२१३ रनको विजयी लक्ष्य पछ्याएको सुदुरपश्चिम २८.३ ओभरमा ९९ रनमा अलआउट भएपछि लुम्बिनीले सहज जित निकाल्यो।

लुम्बिनीलाई राम्रो स्कोर तयार गर्न कप्तान देव खनालले ७० रनको शानदार अर्धशतकीय इनिङ खेले। त्यस्तै, विशाल विक्रम केसीले पनि ५१ रनको अर्शशतकीय पारी खेले। त्यस्तै, प्रज्जवल थापाले २४ रन बनाउँदा दुर्गेश गुप्तानले ३२ रनको योगदान दिए। ओपनर आकाश त्रिपाठी शुन्य रनमा पेभिलियन फर्किएपनि खनाल र थापाले दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गरेका थिए। सुदूरपश्चिमका लागि आकाश चन्दले ३ विकेट लिंदा शेर मल्ल र हेमन्त धामीले २-२ विकेट लिए। त्यस्तै, नरेन्द्र साउद र राहुल भण्डारीले १-१ विकेट लिए। सुदूरपश्चिम केही समयपछि २१३ रनको विजयी लक्ष्यका साथमा मैदान उत्रँदै छ।

२ सय १३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सुदूरपश्चिम भने खराव ब्याटिङको सिकार भयो। उसका कुनैपनि खेलाडीले गतिलो स्कोर बनाउन सकेनन्। पाँचौ नम्बरमा ब्याटिङका लागि आएका लोकेश बमको २५ रन सर्वाधिक रह्यो। त्यस्तै, ओपनर तथा कप्तान खडक बोहोराले २१ रनको योगदान दिए। थप दोहोरो रनको स्कोरका रुपमा नारायण जोशीको ११ रन रह्यो। सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा दुर्गेश गुप्ताले ३ विकेट लिए भने अजय चौहानले ५ विकेट हात पारे। मोहमद्ध हुसेनका नाममा २ विकेट रह्यो।

प्रतिकृया दिनुहोस्