News Portal

ज्ञानेन्द्र मल्ल बर्खास्त, सन्दीप लामिछाने कप्तानमा नियुक्त

रातोपोस्ट संवाददाता
४३२ पटक

काठमाडौं, २९ मंसिर । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको कप्तानीको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ। क्यानको बुधबार बसेको बैठकले यसअघिका कप्तान ज्ञानेन्द्र मल्ललाई परिवर्तन गरेर सन्दीपलाई नयाँ जिम्मेवारी दिएको हो।

कप्तानबाट मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरिलाई पदमुक्त गर्ने निर्णय गरिएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ले जनाएका छन् ।अनुशासन उल्लंघन गरेको सम्बन्धमा गठन भएको छानबिन समितिको सिफारिसका आधारमा मल्ल, ऐरि, सोमपाल कामी र कमल सिंह ऐरिलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुको ६ महिनाका लागि सहभागि नगराउने निर्णय पनि भएको छ ।

त्यसैगरी नेपाली क्रिकेट टिमको नयाँ कप्तानको रुपमा सन्दीप लामिछानेलाई चयन गरिएको छ ।

प्रतिकृया दिनुहोस्