News Portal

साफ यु–१९ : भारतसँग नेपाल (१-०) पराजित

रातोपोस्ट संवाददाता
६७२ पटक

काठमाडाैँ, ४ पुस । बंगलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल नेपाल भारतसँग पराजित भएको छ । नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो । ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा भएको खेलमा भारतका लागि प्रियंका देवीले गरेको गोल नै निर्णायक बन्यो ।

उनले ७६ औं मिनेटमा गोल गरेकी हुन् । यो जितसँगै भारत साफको फाइनलमा प्रवेश गरेको छ । आजको हारसँगै फाइनलमा पुग्ने नेपालको सपना लगभग समाप्त भएको छ । यद्यपि श्रीलंका र बंगलादेशबीचको खेलले पनि नेपालको फाइनल पुग्ने सपना सकार पार्न सक्छ ।

श्रीलंकाले बंगलादेशलाई हराएमा भने नेपाल गोल अन्तरका आधारमा फाइनल पुग्न सक्छ । यी दुई टोलीबीचको खेल साँझ ७ बजेदेखि सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस्