News Portal

ब्राउनसुगरसहित झापाको सुरुङ्गाचोकबाट भारतीय नागरिक पक्राउ

रातोपोस्ट संवाददाता
३४८ पटक

झापा, २२ पुस । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गाचोकबाट लागूऔषध ब्राउनसुगरसहित प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत पश्चिमबङ्गाल दार्जिलिङका ३५ वर्षीय अनिल गोपे रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए ।

भारतीय नम्बर प्लेटको डब्लुबी६४यू ८६०९ नम्बरको भारतीय मोटरसाइकलमा सवार गोपेलाई शङ्का लागेर जाँच गर्दा १२ ग्राम ब्राउनसुगर बरामद भएको हो ।
पक्राउ परेका गोपेमाथि थप अनुसन्धान भइरहेको छ भने म्याद थपका लागि जिल्ला अदातल झापा पठाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्