News Portal

कोरोना संक्रमणबाट एक युवकको मृत्यु

रातोपोस्ट संवाददाता
५७२ पटक

पर्सा, १९ माघ । पर्साको वीरगंजमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत संक्रमित बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर- ३ बघदेव ठेगाना भएका २२ वर्षीय युवकको मृत्यु भएको हो ।

उनलाई भेन्टिलेटर सपोर्टका लागि माघ १० मा आइतबारका दिन एक निजी अस्पतालबाट नारायणी अस्पतालमा पठाईएको थियो । संक्रमित युवकको मंगलबार नै मृत्यु भएको अस्पतालले जनाएको छ । नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले माघ १० मा संक्रमण पुष्टि भएका युवकले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका थिएनन् ।

गम्भीर किसिमको कोभिड निमोनियाबाट संक्रमित युवकलाई कमजोरी र मांसपेसी सम्बन्धि रोग पहिलादेखि नै रहेको अस्पतालले बताएको छ । युवकको मृत्युसँगै तेस्रो लहरको क्रममा पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्