News Portal

सर्लाहीमा करेन्ट लागेर मजदुरको मृत्यु

रातोपोस्ट संवाददाता
६९२ पटक

सर्लाही, २९ माघ । सर्लाहीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। बागमती नगरपालिका- २ धरहरामा घर बनाउने काम गर्दै आएका एक मजदुरको करेन्ट लागेर ज्यान गएको हो।

उनको शनिबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ। घरको छत ढलानका लागि फलामे डण्डी मिलाउने क्रममा करेन्ट लागेर बागमती-८ शंकरपुरका २५ वर्षीय रामु महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका महतोको उपचारको लागि रिवनस्थित नमुना अस्पताल लैजादै गर्दा ज्यान गएको हो।

प्रतिकृया दिनुहोस्