News Portal

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

रातोपोस्ट संवाददाता
५६९ पटक

सर्लाही, ४ फागुन । सर्लाहीको लालबन्दीमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका-६, ढल्केवर बस्ने ६० वर्षीय रामलाल पाख्रिन रहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । पाख्रिन सवार ज १२ प ३८०३ नम्बरको स्कुटर लालबन्दी नगपालिका-९, स्थित भित्री सडक खण्डमा दुर्घटना भएको इलाका प्रहरी लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्