News Portal

झापा गोल्ड कप : झापा–११ र सिक्किमको आरपी एफसी खेल्दै

रातोपोस्ट संवाददाता
३७४ पटक

झापा, २६ फागुन । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौँ झापा गोल्ड कपमा आज हुने अन्तिम क्वाटरफाईनलको खेलमा घरेलु टोली झापा–११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच प्रतिष्पर्धा हुदैछ ।

अन्तिम चारमा प्रवेशका लागि आज भारत सिक्किमको आरपी एफसीले घरेलु टोली झापा–११ को सामाना गर्दैछ । प्रतियोगितामा यी दुवै टिम सोझै क्वाटरफाइनल खेल्न लागेका हुन् । आजको खेल अत्यन्तै रोमान्चक र प्रतिष्पर्धात्मक हुने आयोजकले जनाएको छ । घरेलु दर्शको भरपुर समर्थनका साथका उच्च मनोवलका साथ सिक्किमलाई स्तब्ध पार्दै अर्को चरण प्रवेश गर्ने झापाको दाउ छ । यता सिक्किम पनि घरेलु टोलीलाई पराजित गर्दै आगामी यात्रा तय गर्ने दाउमा हुने छ । आजको खेल दिनको २ः३० बजे हुने आयोजकले जनाएको छ ।

बुधबार भएको तेस्रो क्वाटरफाइनल खेलमा पाहुना टोली भारत दार्जिलिङको एम एफसीलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्