News Portal

सम्मानजनक स्थान नदिए एस एक्लै चुनाव लड्ने : जगन्नाथ खतिवडा

रातोपोस्ट संवाददाता
४५८ पटक

झापा, ५ बैशाख । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले स्थानीय तहको निर्बाचनामा गठबन्धनमा पार्टीलाई सम्मानजनक स्थान नदिए एक्लै चुनाबमा भाग लिने बताए । सोमबार झापाको दुधेमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता खतिवडाले उक्त कुरा बताएका हुन ।

गठबन्धनले प्रत्येक पालिकामा प्रमुख पदमा कांग्रेस र माओवादी केन्द्रले मात्र पाउन् पर्ने दम्व देखाए पार्टी एक्लै भए पनि चुनाबमा भाग लिने उनले बताए । आसन्न स्थानीय तहको निर्बाचनलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा प्रबक्ता खतिवाडाले शिवसताक्षीमा नेकपा एसले प्रमुख पद पाउनु पर्ने जिकिर गरे । शिवसताक्षीको हकमा प्रमुख पदको लागी नबिन इजमको बिकल्प नभएको समेत उद्वघाेष गरे । यस बिषयमा शिर्ष नेताहरुसंग छलफल भइरहेको उनले बताए ।

फरक प्रशंगमा उनले दुई तिहाई बहुमतलाई केपी शर्मा ओली नेतृत्वको सरकारले सदुपयोग गर्न नसकेको भन्दै उनले ओलीले गुट मात्रै चलाएका कारण अहिलेको परिस्थिति आएको आरोप लगाए । भने– हामी फुटेका होइनौं, हामीले एमाले गुटको व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेकाे बताए ।

अहिले नेकपा एस पाटी केन्द्र सरकारमा सहभागी छ भने प्रदेश १ र बागमती प्रदेशको सरकार प्रमुखको नेतृत्व गरिरहेको अवस्थामा छ । स्थानीय तहको पनि नेतृत्व गर्ने अवसर एस पार्टीलाई जनताले दिनु पर्ने प्रबक्ता खतिवडाले बताए । उक्त कार्यकर्ता भेलामा पोलिटब्युरो सदस्य भास्कर काफ्ले, केन्द्रिय सदस्य तथा झापा इन्चार्ज इन्द्र बुडाथोकी, केन्द्रीय सदस्य तथा झापा सहइन्चार्ज निलमणी बरालले सम्बोधन गरेका थिए ।

कार्यक्रमकाे अध्यक्षता गरेका पार्टीका नगर अध्यक्ष नबिन इजमले आफु नगरको नेतृत्व गर्न सक्षम रहेको बताए । आफुले ५ बर्ष वडा अध्यक्षको जिम्मेवारी निर्बाह गर्दा धेरै अनुभव हासिल गरेकाे हुनाले नगर प्रमुखको नेतृत्व गर्ने अवसर पाएमा नगरमा स्वास्थ्य, शिक्षा, विद्युत, खानेपानी, सडकलगायत जनताका घरघर पुर्याउने प्रतिवद्धता जनाए ।

प्रतिकृया दिनुहोस्