News Portal

मेचीनगरमा डुबेर एकको मृत्यु

रातोपोस्ट संवाददाता
८० पटक

झापा, भदौ ११ । झापाको मेचीनगरमा रहेको कृषि फार्मका सञ्चालकको नहरमा डुबेर मृत्यु भएको छ ।

हिजो दिउँसो १ बजे मेचीनगर- ७ मदनबस्तीस्थित चन्द्र काफ्लेको जग्गा भाडामा लिई कृषि फार्म सञ्चालन गर्दै आएका मेचीनगर- ६ काँकरभिट्टाका- ५८ वर्षीय पुण्यप्रसाद सत्यालको नहरमा डुबेर मृत्यु भएको हो ।

उनी आफ्नै कृषि फार्मको छेउमा रहेको नहरमा डुबेर मृत अवस्थामा भेटिएका थिए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली खटिएर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्