News Portal

कनकाई साप्ताहिक १० औं बर्षमा प्रवेश

रातोपोस्ट संवाददाता
६० पटक

झापा, ५ भदौ । झापाको मध्य भागबाट नियमित रुपमा प्रकाशित कनकाई साप्ताहिक १० औ बर्षमा प्रवेश गरेको छ ।

छापा तथा अनलाईन संकरणका रुपमा प्रकाशित कनकाई साप्ताहिक कनकाईको पहिलो समाचारमुलक अखबार समेत हो । पत्रिका १० औ बर्षमा प्रवेश गरेको अवसरमा पत्रिकाका सम्पादक / प्रकाशक लीलाराज झापालीले पत्रिकाले अनेकन आरोह- अपरोह खेपेर कोरोना कहरको कहानी लाग्दो अवस्थालाई समेत छिचोलेर यहाँसम्म आइपुग्नमा समस्त पाठक, विज्ञापनदाता तथा कर्मचारी वर्गको सामुहिक प्रयासबाट समेत सम्भव भएको भन्दै यस्तै साथ र सहयोग आगामी दिनमा समेत रहने विश्वास लिएका छन् ।

झापालीले पत्रिका १० औ बर्षमा प्रवेश गरेको अवशरमा अनलाईन संकरणलाई थप सशक्त बनाइएको र पाठकको रुचिका क्षेत्रलाई अनलाईन र पत्रिका दुबैको माध्यमबाट पस्कदै लैजाने प्रतिवद्धता जनाएका छन् । झापा सुरुङ्गाबाट नियमित रुपमा प्रकाशन हुँदै आएको यस कनकाई साप्ताहिक प्रेस काउन्सिलबाट (क ) बर्गमा बर्गिकृत रहदै आएको छ भने कनकाई साप्ताहिककै अनलाईन संकरण कनकाई अनलाईन समेत प्रकाशन हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्