News Portal

मतदाताका घरघर पुगेर मत माग्दै वडाध्यक्षका उम्मेदवार तामाङ

रातोपोस्ट संवाददाता
६७७ पटक

झापा, २१ बैशाख । मेचीनगर नगरपालिका वडा नम्बर- ६ का सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि गठबन्धनका वडा नं. ६ का वडाध्यक्षका उम्मेदवार ललित बहादुर तामाङ, वडा सदस्यका उम्मेदवारहरु जितबहादुर बस्नेत ( कृष्ण), वडा सदस्य ओम प्रकाश खापुङ, महिला वडा सदस्यका उम्मेदवार शशि राई र दलित महिला सदस्यका उम्मेदवार अञ्जली बिकले चुनावी अभियानलाई तिब्रता दिएका हुन् ।

मंगलबार रमाइलो गाउँवाट सुरु भएकाे घरदैलो अभियान काली खाेलाकाे पुल छेउमा पुगेर सम्पन्न भएको निर्वाचन परिचालन समिति मेचीनगर वडा- ६ का संयाेजक पशुराम सुबेदी (पारस) ले जानकारी दिए ।

उक्त चुनावी घरदैलो अभियानमा जसपाका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, सांसद राधा थापा, काँग्रेस मेचीनगरका प्रदेश (क) का सहसचिव बिटु गुरुङ , दिलकुमारी श्रेष्ठ, काँग्रेसका क्षेत्रीय प्रतिनिधि सदस्य नेत्र कार्की, माओवादीका मेचीगनरका सहइन्चाज विकास थापा मगर, माओवादीका वडा इन्चार्ज धुर्व गिरी, काँग्रेसका वडा सचिव कुलदिप राईलगायत सत्ता गठबन्धनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्