News Portal

कमलमा गठवन्धनका हुकुमसिंह राईको अग्रता

रातोपोस्ट संवाददाता
३९६ पटक

झापा, ३१ बैशाख । झापाकाे कमल गाउँपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १ मा खसेको मत ३ हजार ५ सय ८ मध्ये ३ हजार मत गणना हुँदासम्म कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १ सय ७० मत ल्याउँदै अग्रता लिएका हुन् ।

त्यहाँ शुरुवातीदेखि उनले अग्रता लिँदै आएका छन् ।कांग्रेस, माओवादी, जसपा, लिम्बूवानबाट गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राईका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार भिम राईले ६७ मत प्राप्त गरेका छन् । त्यहाँ राप्रपाका उम्मेदवारले १७ मत ल्याएका छन् ।

यसैगरी, उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार पर्शुराम सुवेदीले १२३ र उनका प्रतिद्वन्द्वी प्रमिला तिवारीले ७८ मत ल्याएकी छन् । राप्रपाले २० मत पाएको छ । यसैगरी, गठबन्धनबाट वडा अध्यक्षका उम्मेदवार केदार कटुवालले १७८ , एमाले ६५ र राप्रपाले १८ ल्याएका छन् । खुल्ला महिला सदस्यमा एमाले ७३, गठबन्धन १५३, राप्रपा २४, दलित महिला सदस्यमा एमाले ७४, गठबन्धन १५४, राप्रपा २३, खुल्ला पुरुष सदस्यतर्फ एमाले ८०, गठबन्धन १४६, राप्रपा २४, खुल्ला पुरुष सदस्यमा एमाले ७२, गठबन्धन १५० र राप्रपाले १४ मत ल्याएका छन् ।

प्रतिकृया दिनुहोस्