News Portal

झापामा मुल्यवृद्धि विरुद्ध राप्रपाको खवरदारी

रातोपोस्ट संवाददाता
५४७ पटक

झापा, २ असार । राप्रपाले मुल्यवृद्धि, भ्रष्टाचार र कुशासनको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाउदै सरकारको ध्यानाकर्षण गराएको छ । महंगीको मारमा परेका जनताको मनोभावना बुझ्न नसकेको जनाउँदै राप्रपाले देशव्यापी रुपमा सरकारलाई एकसाथ खबरदारी गरेको हो ।

राप्रपाका नेता कार्यकर्ताले सरकारको कार्यशैलीको तीव्र आलोचना गर्दै ७६ वटा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । झापामा बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ । राप्रपा झापाका अध्यक्ष केशव ओझा नेतृत्वमा गएको नेता कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाउँदै सरकारलाई खबरदारी गरेको राप्रपा मेचीनगर नगर कमिटी अध्यक्ष सबिना बजगाईले बताइन् ।

ज्ञापनपत्र बुझाउनुअघि राप्रपा नेता कार्यकर्ताले सदरमुकाममा सरकारविरुद्ध नाराबाजी गरेका थिए । राप्रपाले किसानलाई तत्काल मल बीउ उपलब्ध गराउन माग गरेको छ । कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना र नीति कायम गरिनु पर्नेमा राप्रपाले जोड दिएको छ । उसले इन्धन र खाना पकाउने एलपी ग्यासमा भइरहेको मूल्यबृद्धि अविलम्व रोक्नु पर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्