News Portal

नेपाललाई बंगलादेशविरुद्ध २–० को अग्रता

रातोपोस्ट संवाददाता
३६१ पटक

काठमाडौँ, ११ असोज । नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा २–० गोलको अग्रता बनाएको छ।

नेपालका लागि दोस्रो गोल पनि अञ्जन विष्टले गरेका हुन्।तेज तामाङको प्रहार बंगलादेशका गोलकिपरले वान टचमा समाउन नसकेको बललाई अञ्जनले गोलमा परिणत गरेका हुन्।

यसअघि खेलको १८ औँ मिनेटमा गोल गर्दै अञ्जनले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए।

प्रतिकृया दिनुहोस्