News Portal

एकपटक मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बन्छु : गाेपाल तामाङ

रातोपोस्ट संवाददाता
३४० पटक

झापा, २९ असाेज । नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि तथा युवा नेता गाेपाल तामाङले एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बनेर देखाउने बताएका छन् । झापाकाे क्षेत्र नम्बर (क) बाट प्रदेश सभाका उम्मेदवार तामाङले शनिबार मेचीनगर १ स्थित पाटापुरमा मतदातासँगको भेटमा यस्तो बताएका हुन् ।

तामाङले आफू आश्वासन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पुरा गर्ने बताए । यसअघि जितेका जनप्रतिनिधिले उक्त क्षेत्रको विकासको लागि सिन्को पनि नभाँचेकोले गलत परम्परा तोड्नको लागि आफू चुनावी मैदानमा खडा भएको उनले बताए।

उनले आफू कुराभन्दा पनि काममा विश्वास गर्ने व्यक्ति भएकोले जनताले जिताएर पठाए सो क्षेत्रको मुहार फेर्ने विश्वास दिलाए । तामाङले आफ्नो निर्वाचन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र हात्ती समस्यालगायतका क्षेत्रमा थुप्रै काम गर्ने बताए।

‘म आँट लिएर यो क्षेत्र बनाउने महान अभियानमा जुटेको छु, मलाई एकपटक सेवा गर्न दिनुहोस्, पाँच वर्षका लागि,’ उनले भने, ‘म यो ठाउँकाे छोराे हुँ । धेरै बोल्न र जस्तो अभिनय गर्न जान्दिनँ । मलाई नेताहरूको जस्तो भाषण गर्न आउँदैन।

उनले आफूलाई जिताए जनप्रतिनिधि भनेको जस्तै हुनुपर्छ भन्ने गौरव गर्न लायक बन्ने प्रतिवद्धता व्यक्त गरे । ‘यो क्षेत्रबाट हामीले धेरैलाई जनप्रतिनिधि बनाइसक्यौँ तर उल्लेखनीय रूपमा सुधार हुन सकेन,’ उनले भने, ‘यसैले मेराे प्रदेश (क)मा उम्मेदवार दिएकाे उनले बताए ।

प्रतिकृया दिनुहोस्