News Portal

झापा क्षेत्र नम्बर १ का निर्वाचित सांसदले लिए प्रमाणपत्र

रातोपोस्ट संवाददाता
२१३ पटक

झापा, १३ मंसिर । झापा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद विश्वप्रकाश शर्माले आफू निर्वाचित भएको प्रमाण पत्र लिएका छन् । काँग्रेस नेता शर्मालाई झापा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत टंकबहादुर महतले मंगलबार एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन । काँग्रेस नेता शर्माले ३९ हजार ६ सय २४ मत ल्याई एमालेका अग्नि खरेरलाई पराजित गरेका थिए ।

खरेलले २५ हजार ३ सय ४९ मत प्राप्त गरेका थिए । त्यसैगरी कार्यक्रममा झापा क्षेत्र नम्बर १ का प्रदेशसभा (क) का सांसद गाेपाल तामाङ र प्रदेशसभा (ख) का सांसद सविना बजँगाईलाई पनि प्रदेश सभाबाट निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

निर्वाचन अधिकृत महतले तामाङ र बजँगाईलाई सो प्रमाणपत्र प्रदान गरेका हुन । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत महतले प्रतिनिधि सभामा निर्वाचित सांसद शर्मा र प्रदेश सभाका निर्वाचित सांसदद्वय तामाङ र बजँगाईलाई बधाईसमेत दिएका थिए ।

प्रतिकृया दिनुहोस्