रातोपोस्ट संवाददाता

झापा, १६ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तगर्त आज शुक्रबार झापाकाे धुलाबारीमा प्रदर्शन गरिएको छ। “सभ्य समाजको पहिचान, लैङ्गीक हिंसा विरुद्धको अभियान” भन्ने नाराकाे साथ १६ दिने अभियान मनाउन हाे । शुक्रबार बिहान विभिन्न प्लेकार्ड बोकेर धुलाबारी चाैकबाट सुरु भएकाे शान्तिपूर्ण र्यालि बजार परिक्रमा गरि पु:न चाैकमा आएर काेणसभामा परिणत भएकाे थियाे ।
संसारभर २५ नोभेम्बरदेखि ८ डिसेम्बरसम्म यो अभियान मनाउने गरिन्छ। नेपालमा पनि विभिन्न संघसंस्थाले यो अभियान मनाउँदै आएका छन्।