News Portal

फेरी मेचीनगर युवा संघमा विवाद

रातोपोस्ट संवाददाता
१७८ पटक

मेचीनगर, १४ असार । राष्ट्रिय युवा संघ नेपाल मेचीनगरमा आधिकारिकताको विषयमा फेरि विवाद भएको छ । राष्ट्रिय युवा संघ झापा जिल्ला कमिटीको छैठौँ पूर्ण बैठकले मेचीनगर सम्मेलन आयोजक समिति संयोजकमा कृष्ण श्रेष्ठलाई जिम्मेवारी प्रदान गरेपछि युवाहरुले आपत्ति जनाएका हुन् ।

युवा संघमा आबद्ध मेचीनगरका ५० जना युवाहरुले प्रेस विज्ञप्ति निकालेर बैठकले गरेको निर्णय विरुद्ध उभिएका छन् । युवा संघ मेचीनगरका युवा नेताहरू सुमन थापा, सञ्जय मेचे, रबिन्सन थापा मगर, रविन ओझा, मानबहादुर तामाङ, विवेक खवास, सञ्जय तामाङ लगायत ५० जनाले साे निर्णयको प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

साे युवा समुहले २०७८ कात्तिक २८ गते सम्पन्न युवा संघ मेचीनगर कमिटीको सम्मेलनबाट मानबहादुर तामाङको अध्यक्षतामा ८१ सदस्यीय कमिटी गठन भएको स्मरण पनि गराएको छ । तर, पार्टी संगठन विरोधी समुहले खुलेआम संगठनको निर्णय विरुद्ध समानान्तर कमिटी घोषणा गरेर विवादमा ल्याउने काम गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा मेचीनगरका युवालाई विवादित बनाउने हुर्मत गरेको भन्दै यस्तो कार्य तत्काल बन्द गर्न आग्रह गरेकाे छ । बन्द नभए त्यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत युवाहरूले दिएका छन् । यसअघि पनि आधिकारिकताका विषयमा विवाद हुँदा युवाहरूले समानान्तर कमिटी गठन गरेका थिए ।

प्रतिकृया दिनुहोस्