News Portal

झापामा एकैदिन तीन जना मृत फेला

रातोपोस्ट संवाददाता
१३५ पटक

झापा, १९ पुस । झापामा एकैदिन तीन जना मृत फेला परेका छन् । दुई जना झुन्डिएको अवस्थामा र एक जना भवनभित्र मृत फेला परेका हुन् । तीनै जनाको पहिचान खुलेको छ । आज बिहान ६ः३० बजे बिर्तामोड ६ स्थित गिरीबन्धु चिया बगानमा इलाम देउमाई नगरपालिका ८ जीतपुर आमबोटे बस्ने १७ वर्षीय प्रभु तामाङ झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

रुखमा सलको पासो लगाई उनी झुन्डिएको अवस्थामा फेला इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । तामाङ विगत ४ दिनअघि घरबाट हिडेका थिए । त्यस्तै शिवसताक्षी १० स्थित वाणिज्य संघको निर्माणाधीन भवनभित्र मागी खाई हिँड्ने पुरुष मृत फेला परेका छन् । मृतक धरान ६ बस्ने अन्दाजी ४० वर्षीय यमकुमार धमला भएको प्रहरीले जनाएको छ । मृतकको शवलाई कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाइएको जनाइएको छ ।

त्यस्तै, आज बिहान ११ः३० बजेको झापा गाउँपालिका ३ गैरीगाउँ बस्ने गोविन्द पराजुलीकी छोरी १६ वर्षीया अनुसा पराजुली आफ्नै घरको आफू सुत्ने कोठाको बाँसको बलोमा सलको पासो लागेर झुण्डिएकी छन् । आफन्तले देखेर तत्काल पासो खोली भुँइँमा झारे पनि उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्