News Portal

अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

रातोपोस्ट संवाददाता
८५ पटक

काठमाडाैं, १२ माघ । दक्षिण अफ्रिका जारी यू–१९ क्रिकेट विश्वकपअन्तर्गत शुक्रवार अफगानिस्तानलाई स्तब्ध बनाउँदै नेपालले सुपर सिक्समा स्थान बनाएको छ । इस्ट लन्डनमा भएको खेलमा अफगानिस्तानलाई स्तब्ध बनाउने क्रममा नेपालले १ विकेटको संघर्षपूर्ण रोमाञ्चक जीत निकालेको हो ।

टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाएर १४५ रन बनाएको थियो । टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाएर १४५ रन बनाएको थियो ।

१४६ रनको समान्य लक्ष्य भए पनि नेपालले पूरा गर्न निकै संघर्ष गर्नुपरेको थियो । ९ विकेट गुमिसकेको अवस्थामा सुवास भण्डारीले अविजित ९ बनाएपछि नेपालको जीत सम्भव भएको हो । यस्तै कप्तान देव खनालले बनाएको अर्धशतकले नेपालको जीतको आधार तयार पारेको थियो । उनले ८९ बलमा ५८ रन बनाए ।

प्रतिकृया दिनुहोस्