News Portal

काँकरभिट्टा आइपुगे अर्थमन्त्री डा. महत

रातोपोस्ट संवाददाता
१२३ पटक

मेचीनगर, २८ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महत झापाको काँकरभिट्टा आइपुगेका छन् । आज झापा आएका उनले यसअघि जिल्लाकै भद्रपुर भन्सार कार्यालयको निरीक्षण पनि गरेका थिए ।

उनी अहिले भने मेची भन्सार कार्यालय काँकरभिट्टा परिसरमा सरोकारवालासँग छलफलमा छन् । अर्थमन्त्री डा. महतले नेपाल-भारत सीमा नाका भद्रपुरस्थित मेची पुलसँगै भन्सार कार्यालयको निरीक्षण गरेका हुन् । भन्सारको वर्तमान विषयवस्तुको बारेमा जानकारी लिन उनी झापा आएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्