News Portal

झापा गोल्डकप: चर्च ब्वाइजले लियो अग्रता

नवराज सुवेदी
१०८ पटक

झापा, २० फागुन । झापा गोल्डकपमा अहिले चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा भइरहेको छ । भरखरै नेपाल पुलिसविरुद्ध चर्च ब्वाइजले अग्रता लिएको छ ।

पेनाल्टी मार्फत गोल गर्दै चर्च ब्वाइजले अग्रता लिएको हो । वान भर्सेस वानको अवस्थामा नेपाल पुलिसका गोलरक्षकले फल गरेपछि चर्च ब्वाइजले पेनाल्टी पाएको थियो ।

२८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । छैठौँ संस्करणको झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख रुपैयाँ पाउने अध्यक्ष बिनोद बस्नेतले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्