News Portal

झापा गोल्ड कप: पेनाल्टी सुटआउटमा एपिएफ बिजयी

रातोपोस्ट संवाददाता
८९ पटक

झापा, २१ फागुन । सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ फुटबल फुटबल क्लब छैठौं झापा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । सोमाबर भएको खेलमा बागमती युवा क्ल बलाई पेनाल्टी सुटआउटमा ३-४ गोलले हराउँदै एपिएफ विजयी भएको हो ।

खेलमा एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ नायक बने । उनले बागमतीका निर्मल घिसिङ र अबि लामाको पेनाल्टी बचाए । उनको उत्कृष्ट प्रदर्शनसँगै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो । अबि लामा, विमल घिसिङ र दिवस लिम्बुले मात्र गोल गर्न सके । एपिएफका फोडेफोफोना, श्याम मगर, कुलदीप कार्की र प्रदीप लामाले जाली चुमाए ।

झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी खेल निकै प्रतिस्पर्धात्मक रह्रयो । २८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । छैठौँ संस्करणको झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख रुपैयाँ पाउने अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्