News Portal

झापा गोल्डकपमा आर्मी सेमिफाइनलमा प्रवेश

रातोपोस्ट संवाददाता
९३ पटक

झापा, २४ फागुन । चारपटकको च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलोपटक सहभागिता जनाएको मच्छिन्द्र फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र वसन्त जिम्बाले एक–एक गोल गरेका थिए । यस सिजनको सर्वाधिक सफल क्लब मच्छिन्द्र अग्रता जोगाउन नसक्दा क्वार्टरफाइनलबाटै बाहिरिएको हो । आर्मीले फाइनल प्रवेशका लागि शुक्रबार एपिएफविरुद्ध प्रतिस्पर्धा गर्नेछ । आर्मीले लगातार दोस्रोदेखि पाँचौँ संस्करण जितेको थियो ।

खेलको ११औँ मिनेट मच्छिन्द्रका विदेशी खेलाडी स्टेफन बिनोङले १–० को अग्रता गोल गरेका थिए । हिसुब थपलियाको पासमा बिनोङले गोल गरेका हुन् । एक महिनाको अन्तरमा मच्छिन्द्रले केपी ओली कप र बागमती गोल्डकप कप उपाधि जितेको थियो । पहिलो हाफमा आर्मीले बराबरी गोल फर्काउने प्रयास जारी राखेको थियो । खेलको ६१औँ मिनेटमा आर्मीले १–१ को बराबरी गोल फर्काएको थियो ।

आर्मीका लागि नवयुगले बराबरी गोल गरेका हुन् । उनले वसन्तको हेडिङमा सहजै गोल गरे । बराबरी गोल हुनुमा मच्छिन्द्रका डिफेन्डरकोे समेत कमजोरी देखिएको थियो । खेलको ८०औँ मिनेटमा आर्मीका वसन्त जिम्बाले २–१ को अग्रता दिलाए ।

प्रतिकृया दिनुहोस्