News Portal

झापा गोल्ड कपमा आज चर्च ब्वाइज र झापा ११ खेल्दै

रातोपोस्ट संवाददाता
८८ पटक

झापा, २६ फागुन । छैटौँ झापा गोल्ड कपअन्तर्गत आज फाइनल प्रवेशका लागि घरेलु टोली झापा ११ ले लिग लिडर चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ ।

झापा गोल्ड कपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेडले क्वार्टर फाइनलमा न्यु रोड टिम फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । झापा ११ ले भने एन्फा मकवानपुरलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । झापा ११ यसअघि पाँचपटकको उपविजेता टोली हो ।

लिग लिडर चर्च ब्वाइज र झापाली युवा खेलाडी समेटिएको झापा ११ पछिल्लो समय लयमा रहेकोले खेल रोमाञ्चक हुनेछ आशा गरिएको छ । झापा ११ लाई यो सिजनको झापा गोल्ड कपमा उपाधि दाबेदारका रुपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस्