News Portal

मेचीनगर- १० का स्वास्थ्य स्वयंसेविकालाई साइकल

रातोपोस्ट संवाददाता
२०० पटक

झापा, ३१ जेठ । झापाकाे मेचीनगर-१० का ११ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई साइकल वितरण गरेको छ । वडा कार्यालयले बुधबार वडा भवनमा आयोजना गरेको एक कार्यक्रमबीच महिला स्वास्थ्य स्वसेविकालाई साइकल वितरण गरेको हो ।

वडाले चालु आर्थिक वर्ष २०८०/८१ को वडा वजेट विनियोजन गरिएको बजेटमार्फत साइकल खरिद गरिएको वडा अध्यक्ष नारायण खनालले जानकारी दिए ।

वडाको आयोजनामा भएको साइकल वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष खनालले जनताको घरघरमा पुगेर सेवा पुर्‍याउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाकालाई वडाकाे वजेटबाट सानाे सहयाेग पुर्याउनका लागि उनीहरुलाई साइकल वितरण गरिएकाे बताए । उनले स्वास्थ्य स्वयंसेविकाकालाई जनताका घरघरमा पुग्न सजिलाे हुने बताए ।

प्रतिकृया दिनुहोस्