News Portal

देवकाेटा पार्कमा रक्तदान कार्यक्रम हुँदै

रातोपोस्ट संवाददाता
१३३ पटक

झापा, ३२ जेठ । रिर्टनी स्वरोजगार केन्द्र झापाले बिश्व रक्तदान दिवसकाे अवसरमा आज रक्तदान कार्यक्रम गरिरहेकाे छ । मेचीनगर- ६ स्थित देवकाेटा पार्कमा रक्तदान कार्यक्रम भइरहेकाे रिर्टनी स्वरोजगार केन्द्र झापाका अध्यक्ष दिनेश कार्कीले जानकारी दिएका छन् । आज विहान ७ बजेदेखि सुरु भएकाे रक्तदान कार्यक्रममा अहिलेसम्म २५ जनाले रक्तदान गरेकाे स्वरोजगार केन्द्रका सचिब प्रबिण बानियाँ बताए ।

मेचीनगर- ६ का वडा अध्यक्ष ललित तामाङले ‘रक्तदान जीवन दान’ भन्ने नारालाई आत्मसात गरी रक्तदानका लागि चाहिने सामग्री हस्तान्तरण गरी कार्यक्रको शुभारम्भ गरेका थिए।

कार्यक्रममा काँकरभिट्टा खानेपानी संस्थाका अध्यक्ष राेहित बुढाथाेकी, देवकाेटा पार्क व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापा, खानेपानी संस्थाका उपाध्यक्ष गाेबिन्द गिरी, रिर्टनी स्वरोजगार केन्द्रका सल्लाहकार दधिराम रिमालको आतिथ्यता रहेको थियो । रिर्टनी स्वरोजगार केन्द्र झापाका अध्यक्ष दिनेश कार्कीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत मन्तव्य सचिब प्रबिण बानियाँले गरेका थिए भने उपाध्यक्ष शेखर थापाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्