News Portal

टी–२० अन्तर्राष्ट्रियमा सन्दीपको १०० विकेट पूरा

रातोपोस्ट संवाददाता
५२ पटक

काठमाडौँ, ३ असार । नेपालका स्पिनर सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गरेका छन् । जारी विश्वकपमा बंगलादेशका जाकेर अलिका विकेट लिदै सन्दीपले १०० विकेट पुरा गरेका हुन् ।उनले अलीलाई १२ रनमा आउट गरेका हुन्।

५४ खेलमा १०० विकेट पूरा गर्दै टी २० मा सर्वाधिक छिटो विकेट लिनेमा सन्दीप दोस्रो स्थानमा पुगेको छन्। यसअघि अफगानिस्तानका राशिद खान ५३ खेलमा १०० विकेट पूरा गरेका थिए। जारी खेलमा भने यो उनको दोस्रो विकेट हो। यसअघि कप्तान रोहित कुमार पौडेलले २, सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

प्रतिकृया दिनुहोस्