News Portal

बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

रातोपोस्ट संवाददाता
४९ पटक

काठमाडौं, ४ असार । चिकित्सा शिक्षा आयोगले दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ। आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार बसेको बैठकले झापामा रहेको सो कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो।

गत चैत १२ गते सर्वोच्च अदालतले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको थियो । न्यायाधीशहरु कुमार चुडाल र सारंगा सुवेदीको इजलासले बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको हो।

सर्वोच्चको आदेशपछि काठमाडौँ विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले सम्बन्धन दिन आयोगलाई सिफारिससहित पत्राचार गरेको थियो।

प्रतिकृया दिनुहोस्