News Portal

नेपाली जनप्रगतिशिल मोर्चा कतारको सातौं अधिवेशन भव्य रुपले सम्पन्न

रातोपोस्ट संवाददाता
८७२ पटक

कतार ।नेपाली मजदुरहरुको साझा संगठनको रुपमा स्थापित नेपाली जनप्रगतिशिल मोर्चा कतारले गत शुक्रबार  २३ अगस्टका  दिन सनैयाँको ग्रेण्डमल नजिकै रहेको प्लाजा स्थित ह्वाईट हाउस रेस्टुरेन्टमा आयोजना गरेको सातौ अधिवेशन भव्यरुपले सम्पन्न गरेको छ।

शुक्रबार सम्पन्न अधिवेशनको उद्घाटन सत्र नेपाली जनप्रगतिशिल मोर्चा कतारका सल्लाहकार समिती संयोजक रमेश गिरिको प्रमुख आतिथ्य तथा नेपाली जनप्रगतिशिल मोर्चा अमेरिकाका संस्थापक क. विश्व बहादुर शाहको विशेष उपस्थित थियो भने कतार स्थित विभिन्न संघसंस्थाहरुका प्रतीनिधिहरु नयाँ बन्न लागेको कार्यसमितिलाई शुभकामना दिन उपस्थित भएका थिए। मोर्चा सल्लाहकार श्रीकृष्ण भट्टराई पनि अतिथिकै रुपमा उपस्थित भएका थिए।

निवर्तमान महासचिव जयकिशोर पोद्दार(जेपि) को सञ्चालन तथा आयोजक समिती संयोजक रेशम पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा उपस्थित सम्पुर्ण संघसंस्थाका प्रतिनिधि, मोर्चा प्रतिनिधि- पर्यवेक्षण, पत्रकार तथा सम्पुर्ण बुद्धिजीवी हरुलाई मोर्चा उपाध्यक्ष साजन गुरुङ ले आफ्नो मन्तव्य द्वारा स्वागत गरेका थिए।

उपस्थित सम्पुर्ण प्रतिनिधि अतिथिहरुबाट नयाँ कार्यसमिति लाई शुभकामना दिदै सहकार्यको अपेक्षा समेत राखेका थिए। त्यसै गरि अतिथी भट्टराईले समग्र राजनीतिक उतारचढाव बारे प्रष्ट पार्दै राजनीतिक एजेन्डाका साथ संघर्ष गरिरहेको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिवन्ध लगाउनुले २ तिहाईको सरकारको क्षमता उजागर भएको उद्घोष गरे भने अमेरिकाबाट उपस्थित हुनु भएका अर्का बिशेश अतिथी शाहले बिनाकारण नेताकार्यकर्ता धरपकड गर्नु, सुनियोजित तरिकाले प्रहरी ले नै झुटा आरोप लगाएर हत्यागर्नु ले मानवीय कानुनको समेत उलंघन भएको जिकिर गर्दै यस्ता खाले प्रवृत्ति ले देश गृहयुद्धको बाटोमा डोर्याउन खोजेको स्पष्ट देखिएकाे भन्दै  यस्ता गतिविधि तत्काल रोक्न अपिल गरे।

हलबाट एक मतले जयकिशोर पोद्दारको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति चयन गरेकोछ। ५ सदस्यीय बैकल्पिक केन्द्रीय समिति चयन गरेकोछ। त्यस्तै मोर्चाको सम्पुर्ण जिम्मेवारी लिएर रेखदेख गर्दै आएका पुराना अनुभवी सदस्यहरुको तीन सदस्यीय सल्लाहकार समिति चयन गरेकोछ।

यस्तो छ कार्यसमिति 

१ अध्यक्ष : जयकिशोर पोद्दार
२ प्रथम उपाध्यक्ष :साजन गुरुङ
३ द्वितीय उपाध्यक्ष :जमुना श्रेष्ठ
४ महासचिव :राजेन्द्र लिम्बु
५ प्रथम सचिव :नरेश बिश्वकर्मा
६ द्वितीय सचिव :गोमा मगर
७ कोषाध्यक्ष :रबिन पुन
८ सदस्य पुर्णबहादुर बिश्वकर्मा
९ सदस्य मनमोहन सिंह
१० सदस्य भुपेन्द्र घर्ती मगर
११ सदस्य दिपक केसी
१२ सदस्य बिवश लिम्बु
१३ सदस्य अमृत ओली
१४ सदस्य ज्ञानेन्द्रराज भारती
१५ सदस्य खेम थापा
१६ सदस्य कमल पुन
१७ सदस्य मनोज शाह
१८ सदस्य लोकेन्द्र सुनार
१९ सदस्य सुबन्ता पौडेल
२० सदस्य जसबहादुर बोगटी
२१ सदस्य मानबहादुर थापा
२२ सदस्य दिनेश शर्मा
२३ सदस्य तुलबहादुर बिश्वकर्मा
२४ सदस्य देवबहादुर बिष्ट
२५ सदस्य बिवश लिङ्गदम
२६ सदस्य किरण पुर्जा
२७ सदस्य हर्क खड्का

बैकल्पिक केन्द्रीय सदस्यहरु
१ सदस्य कृष्ण लिम्बु
२ सदस्य गीता ठकुरी
३ सदस्य सुवास गिरी
४ सदस्य बिष्णु चापागाई
५ सदस्य भेषबहादुर सुनार

सल्लाहकार समिति
संयोजक रमेश गिरी
सदस्य श्रीकृष्ण भट्टराई
सदस्य रेशम पौडेल
सदस्य ………………….
सदस्य ………………….

जयकिशोर पोद्दार (जेपि)
अध्यक्ष
नेपाली जनप्रगतिशिल मोर्चा केन्द्रीय समिति

 

प्रतिकृया दिनुहोस्