News Portal

हामी भुमिगत होइन जनताको बिचमा छाैँ,दलालहरुलाई जनकारबाही अझै हुन्छ-विप्लव नेता

रातोपोस्ट संवाददाता
२१६४ पटक

झापा ।यतिबेला देशमा कम्युनिस्ट सरकार छ भने अर्कोतिर कम्युनिस्टनै सरकारकाे विरुद्धमा छ र दुईतिहाइकाे कम्युनिस्ट भनिएको सरकारलेनै अर्को कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएकाे छ। यसैबिच हामीले नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला इन्चार्ज सँग पछिल्लो घटनाक्रमबारे गरिएको छाेटाे सम्बाद ।

नेपाल कम्युनिस्ट पार्टी झापाका इन्चार्ज सुमनसिंह पौडेल संग गरेको कुराकानिको संपादित अंश :-

१. झापामा शृङ्खलाबद्ध बम विस्फोट भैरहेका छन, यंहाहरुमाथी आरोप छ ! के भन्नू हुन्छ ?

पहिलो कुरा, हामीलाइ बम विस्फोट संग जोडेर आरोपित गरिने गरेको छ यो गलत छ। यसरी हामीलाइ आरोपित गर्न मिल्दैन । हो झापामा शृङ्खलाबद्ध बिस्फोटका घटनाहरु भएका छन, यो मैलेपनी समाचार मार्फत थाहा पाएको हुं,  र जहाँ सम्म बिस्फोटका निशानाहरु देखिराछु  ती निशानाहरुको छनौट चैं उचित लागेको छ ।

२. छनौट उचित लाग्यो भन्नू भयो, त्यसो भनेपछी तपाइहरु प्रती आशंका किन नगर्ने ?
पहिलो कुरात छनौट ठिकै लाग्यो, ठिकै गरेछन भनेर हामीलेपनी उक्त कारबाहिको स्वागत गर्न मिल्छ होला ।झापामा सायद यो समाचार सुनेर ९०% जनता खुसी होलान जस्तो लाग्छ । तपाइहरु मिडियाकै साथीहरु हो झापाका स्थानिय तहमा ५०% बेरुजु देखियो भन्ने । झापामा भ्रस्टाचार सांच्चिकै धेरै छ । सडकका कामहरु १ बर्स नपुग्दै भत्कने प्रकारका छन । सवारी साधन खरिदमा मनलाग्दी अनियमितता छ । करडौंका योजनाहरु प्रत्यक वार्डमा छन तर सबैमा ४०% पनि खर्छ भएको छैन, बांकी सबै मिलेर खाएका छन । के यस्तो भ्रस्टाचार, अनियमितता झापाली जनताले सहनु पर्ने हो र ? करको बोझ बोकाएर आफू मनपर्दो करडौंका गाडी चड्ने, आफ्नो निजि खातामा करडौं जम्मा गर्ने, जनतालाइ लुट्ने दुख दिने यस्तो कसैले सहन सक्छ र ? तिनका बाउबाजेले कमाइदिएको सम्पत्ति हो र ? मनलाग्दी गरेर हिड्नलाइ । अनि तिनका गाडिमा जनताले किन नहान्ने ? तिनलाइ जनताले कालोमोसो किन नदल्ने ? भौतिक कारबाही किन नगर्ने ? जनताले गर्छन यो झन तिब्र भएर अगाडि बढ्न सक्छ जस्तो लाग्छ । जनप्रतिनिधीहरु जनतालाइ बिजोगमा राखेर, महङ्गो कर असुलेर करोडको एसी गाडिमा हिन्नु भएन । जनताले जस्तै बाइक, साइकलमा हिन्नु पर्यो । सादा जीवन जिउनु पर्यो, जनताको सेवा गर्नको लागि निर्वाचितहरु जनताको सेवामा लाग्नु पर्यो नि । एउटा मेयर, एउटा कर्मचारी बाटोमा हिंड्दा राजासाब हिंडे जस्तो भैराछ । २४ घन्टा डिउटि गर्ने बिचरा सेना प्रहरी साथिहरु धुलो मैलो खाएर रुंदै हिंड्नु पर्या छ,  उनिहरुलाइ सलामी ठोक्नु पर्या छ । यस्तो त भएननी सर । अनि तिनका गाडिमा जनताले हान्ने त भैहाले नि । त्यसैले मेरो बिचारमा यो जे भएको छ ठिक भएको छ । सबैले गाडी फिर्ता गरेर मोटरसाइकलमा हिंड्नु पर्यो । झापामा भ्रस्टाचार यदि यो नसच्च्याउने हो भने जनताले अझ ठुला ठुला कारबाही गर्छन । हाम्रो पार्टिले त्यसलाइ समर्थन गर्छ । अनि अर्को कुरा हामी झापामा जनताको बिचमा जांदा प्रत्यक घरमा रुवाबासि छ । लघुबित्तहरुले महिलाहरुलाइ यति धेरै रुवाएको छ कि त्यो सहनै नसक्ने प्रकारको छ । जनताको अभावको फाइदा उठाएर रिण लगानी गरेर चर्को ब्याज असुलेर बिजोग बनाउने घरबार बिहिन बनाउने, बैज्जत गर्ने, झुण्डेर मर्न बाध्य बनाउने, यस्तो छ । राज्य निकम्मा छ, लुटेराहरुलाइ जति पनि लुट्न छुट दिएर जनता मराउने काम गर्दैछ । झापामा साहारा जस्ता अरु थुप्रै लघुबित्तहरु छन जसले जनतालाइ रुवाएका छन । तिनलाइ जनताले कारबाही किन नगर्ने ? हामित भन्छौ जनताले लघुबित्तलाई गाउँ गाउँबाट लखेट्नु पर्यो । अब तिनका रिण तिर्नु भएन । जनता उठ्नु पर्छ अब । लघुबित्तका संचालकहरुलाइ जेल हाल्नु पर्छ । मान्छेलाइ मार्न बाध्य पार्ने आत्महत्या दुरुत्साहन मुद्धा लगाएर जेलमा हाल्नु पर्छ । यो राज्यले त्यो नगर्ने हो भने हामी जनताको जेलमा हाल्छौ तस्करहरुलाइ । साहारा माथीको कारबाही ठिकै भएको छ भन्ने लाग्छ । हाम्रो समर्थन छ यसमा ।
३. तपाइहरुको कुरा त जायजनै छन, तर तपाइहरु भुमिगत किन बन्नु पर्यो ? आउनुस न यी कुराहरु बाहिरै लिएर ।
यो भुमिगत भन्ने शब्द हामीलाइ प्रयोग गर्न मिल्दैन किन कि हामी खुल्ला छौं, जनताको बिचमा छौं ।  बरु भुमिगत त अब भ्रस्टाचारी र तस्करहरु बन्नु पर्ने दिन आएको छ  । हामी जनताका दुखमा साथ दिइरहेका छौं । हामीले भनेका सबै कुरा जनताका कुराहरु हुन, हामीले जनआवाजको प्रतिनिधित्व गरेका हौं । हामीले जनताका आवाजहरुलाइ बाहिरै लिएर आएका छौं । जनतालाइ  हाम्रो आन्दोलन संघर्समा साथ दिन अपिल गर्छौं । हामी भुमिगत छैनौं, हामी खुल्ला छौं ।
४. तपाइहरु माथी सरकारले दमन गरिरहेको छ । तपाइहरुलाइ धमाधम पक्राउ गरिरहेको छ । हत्या गरिरहेको छ । के भन्नू हुन्छ ?

हो हामीलाइ सरकारले गत फागुन २८ गते बाट प्रतिबन्धित गरेको छ । र हामीले यसलाइ राष्ट्रियता माथिको प्रतिबन्ध हो भनेका छौं । किन भने हामीले एनसेल जस्तो बहुराष्ट्रिय कम्पनिले तिर्नु पर्ने अरबौं कर तिर्नु पर्छ भनेर कराइरह्यौं, तर एनसेलले तिरेन सरकारका मान्छेहरुको मिलेमतोमा ठूलो घोटाला भयो । हामीले एनसेलको मुख्यालयमा कारबाही गर्यौं, अरुण थर्डको बिरोध गर्यौं, कोशी हाइड्यामको बिरोध गर्यौं, भारतिय बाणिज्य दुतावासमा कारबाही गर्यौं, रास्ट्रघातको बिरोधमा  लड्यौं । यसो गर्दा हामीलाइ प्रतिबन्ध लगाइयो, त्यसैले यो राष्ट्रियता बिरुद्ध रास्ट्रघातिहरुले लगाएको प्रतिबन्ध हो । यसलाइ यसरी बुझ्नु पर्दछ । हामी यो प्रतिबन्धलाई सरासर खारेज गर्छौं । हामीले जनताको पक्षमा बोल्दा हामीलाइ पक्राउ गर्ने, हत्या गर्ने गरिदैं आएको छ । यो एकदमै निन्दनिय काम हो । झापामा पनि हाम्रा थुप्रै नेता कार्यकर्ताहरु पक्राउ परेका छन, उंहाहरुलाइ बिनासर्त तुरुन्त रिहा गर्नु पर्यो । होइन सरकार दमनमै आएको हो भने ठिकै छ हामी प्रतिरोध गर्छौं  । जनताको पक्षमा बोल्दा यहि झापामा संयौले रगत बगाएका छन, सुखानी काण्डमा ज्यान गुमाउनु पर्यो, जनयुद्धमा गुमाउनु पर्यो, १९ दिने जनआन्दोलनमा पनि ज्यान गुमाउनु पर्यो । ठिक छ , फेरि हाम्रो रगत खाएर यो सरकारलाइ आनन्द आउँछ भने हामी तयार छौं बलिदान दिनलाई । झापामा हामी संयमित छौं, यंहाका प्रशासकहरु,कर्मचारिहरु सुरक्षाकर्मिहरु , बिज्ञ बुद्धिजिवीहरु संग, राजनितिक दलका नेताहरु संग, ब्यवशायिहरु संग , एउटा लेबलका ब्यक्तित्व र पात्रहरु संग हामी कुरा गरिरहेकै छौं । हाम्रा विषयहरु सुनाइरहेका छौं, हाम्रा कुराहरु ठिकै छ भन्नू हुन्छ । तर फेरि ब्यक्ति हत्या, धरपकड तिब्र पार्ने काम भैरहेको छ । यो बन्द गरिनु पर्छ । मैले पहिला पनि भनेको थिएं हामीलाइ सरकारले घेरा हाल्न खोजिराछ तर सरकार जनताको घेरामा छ । यहाँ कसैले दायाँ बायाँ गरेर आन्दोलनलाइ दबाएर जोगीने ठानेको छ भने त्यो भुल हुनेछ । हाम्रो रगत सुनामी भएर उठ्ने छ, खरानी हुने छन दमन गर्ने हरु । त्यसैले दमन बन्द गरियोस ।
५. झापामा जनकारबाहीहरु अझै हुन्छन त ?
किन नहुनु, जनतालाइ दुख दिएर आफू राजा जस्तो हुने भ्रस्टाचारिहरुको हर्कत रहुन्जेल कारबाहिको सम्भावना रहन्छ । सबै झापाका जनप्रतिनिधिहरु, कर्मचारिहरु, ठेकेदारहरु, बैंक तथा बित्तिय क्षेत्रहरु सबैले आंफुले गरेका हर्कत हरु सम्झनु पर्यो । सबै जानकारिमा छ, जनताले कारबाही गर्छन । सुराकिहरु पनि छन झापामा- हाम्रो स्पस्ट कुरा छ यदि सुराकी गरेर क्रान्ती बिरोधी गतिबिधी गरे हामी निर्मम भौतिक कारबाही गर्छौं । हामी क्रान्ती बिरोधी गतिबिधी गर्नेहरुलाइ सचेत गराउन चाहान्छौं, तपाइहरुका कारण अपृय दुर्घट्ना नहोस । बित्तिय क्षेत्रहरु सोसण बन्द गर्न चेतावनी दिन चाहान्छौं । बैकहरुले ब्याज घटाउनु पर्यो, ब्यापारिहरुको बेहाल भएको छ , सबै बैकहरुले तुरुन्त ब्याज घटाउनु पर्यो । बढी ब्याज नतिर्न हामी ब्यापारिहरुलाइ अनुरोध गर्छौं । हामी ब्यापारिको पक्षमा पनि संघर्ष गर्छौं । तर लुटखसोट मच्चाउने, भ्रस्टाचार गर्ने, तस्करि गर्ने, गुण्डागर्दि गर्ने हरुलाइ जनकारबाही हुन्छ । जनताले गर्छन, हाम्रो पुर्ण समर्थन रहन्छ ।
६.खास तपाइहरुले चाहेको चै के हो ? वार्ताको पहल कहाँ पुग्यो ?
हामिले चाहेको यो जनतामारा दलाल पुंजिवादी संसदिय ब्यवस्थाको अन्त्य र त्यसको बिकल्पमा बैज्ञानिक समाजवादि सत्ताको स्थापना हो । बैज्ञानिक समाजवादले मात्र सारा संकटको हल हुन्छ । यो कुरा बुझ्न जरुरी छ सबैले । र यो बिसयलाइ सफल बनाएर छाड्छौं । वार्ताको बिसय हामिलाइ भन्दा सरकारलाइ सोधेको राम्रो । किनकी हामी वार्ता प्रती सकारात्मक छौं तर सरकार वार्ताको हल्ला गरेर हामिलाइ दमन गरिरहेको छ । हामिलाइ यो मान्य छैन, सरकार इमान्दार भयो भने बल्ल वार्ता हुन्छ । वार्ता सत्ता संग संम्बन्धित बिसयमा हुन्छ । प्राबिधिक समाधान खोजेर हुन्न ।
७. अन्तमा जनतालाइ के भन्न चाहनुहुन्छ ?

जनतालाइ भन्ने एउटै कुरा के छ भने अन्याय सहेर नबसौं । अन्याय अत्यचारको बिरोध गरौं, दमनको प्रतिरोध गरौं । टोल टोल बाट उठौं, एकीकृत जनक्रान्तिको अभियानमा सहभागी बनौं । झापामा जनताको सहयोग हामीलाई धेरै छ । जनताले धेरै माया गर्नु भएको छ । जनताले हामिलाइ आफ्नो बिचमा राखेर हुर्काइरहनु भएको छ । हामी जनताको बिश्वास, भरोसा, र सहयोगको सम्मान गर्छौं । हामी बलिदान दिन तयार छौं तर जनताको बिश्वास र मायालाइ धोका दिंदैनौ ।विषय

प्रतिकृया दिनुहोस्