News Portal

के विप्लवकाे पार्टी झापामा सकिएको हो त ?

रातोपोस्ट संवाददाता
१२४७ पटक

झापा । यतिबेला देशकाे राजनीतिक परिस्थिति नयाँ माेडमा पुगेको छ।एकातिर सरकारमा दुईतिहाई बहुमत प्राप्त कम्युनिस्ट सरकार छ भने अर्काेतिर एकीकृत
जनक्रान्तिकाे नारासहित बैज्ञानिक समाजवादकाे बाटोमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लाई सरकारले प्रतिबन्ध लगाएकाे छ भने ,विप्लव नेकपाले साेहि ढंगले आफ्ना गतिविधि तिव्र पारेकाे छ।यसको पछिल्लो उदाहरण वर्तमान प्रधानमन्त्री केपि शर्मा ओलिकाे गृह जिल्ला झापालाई लिन सकिन्छ।
पछिल्लो समयमा विप्लवका गतिविधिले झापामा तिव्रता लिइरहेकाे छ भने साेहि अनुरुप प्रहरीले पनि झापाबाट विप्लवका धेरै कार्यकर्ता पक्राउ गरिसकेको छ ।यसै सिलसिलामा  के बिप्लवको पार्टी झापामा सकिएको हो त ?  भन्ने बिषयमा विप्लवका झापा जिल्ला इन्चार्ज सुमन सिंह पाैडेलले गरेकाे खण्डन यसप्रकार छ।

यहि भदौ ३० गते सोमबार बिहान झापाका सेक्रेटरी प्रबिण मिश्र र जिल्ला सदस्य टीका पोखरेल लाई प्रहरिले बिर्तामोड बाट पक्राउ गर्यो  । स्थानिय श्रोतका अनुसार उंहाहरु बिर्तामोड स्थित बिधुत प्राधिकरण कार्यलय छेउको चिया पसल बाट पक्राउ पर्नु भयो । सोही राती झापा जिल्ला सदस्य अर्का अनुल सारु मगरलाइ पनि प्रहरिले बिर्तामोड डेरामा सुतिरहेको स्थानमा छापा मारेर  पक्राउ गर्यो ।  त्यसो त प्रहरिले त्यो भन्दा अगाडि पनि झापाका जिल्ला सदस्य सुबास राई, युवाका झापा जिल्ला सद्स्य पुकार तामाङलाई दमक बेलडाँगी बाट पक्राउ गर्यो भने अर्का जिल्ला सद्स्य सौगात कटुवाल भने बिर्तामोड बाट पक्राउ परे । यसरी हेर्दा झापाका ६ जना नेता कार्यकर्ता अहिले प्रहरिको कब्जामा परेर हिरासत र जेल जीवन भोगिरहेका छन । गणितका पारखिहरुको लागि झापा जिल्लाको पार्टिमा यतिका साथिहरु गिरफ्तारीमा पर्नुले ठुलै क्षति भयो भन्ने परेकै छ, त्यो भन्दा अझ बढेर पार्टिनै सकियो भन्न समेत भ्याइसके । त्यसो हुंदा आंफु त्यही पार्टिको कार्यकर्ता भएको नाताले यो बिसयको सच्चाइ/ गहिराइ के हो त ? यो बिसयलाइ थोरै खोतल्ने अनुमती चाहान्छु ।
(क) झापाका नेता कार्यकर्ता पक्राउ

हाल सम्म प्रहरिले झापाका प्राय अधिकांस नेता कार्यकर्ताहरुलाइ पक्राउ गरिसकेको छ सांचो कुरा यहि हो । जो जिल्ला स्तरमा जिम्मेवारी भएका सबै जसोले जेल हिरासत भोगिसकेको स्थिती छ । झापामा कार्यक्षेत्र भएर अहिले सम्म राज्यको सास्ती बेहोरिसकेका हरुको नाम यसप्रकार छ- बिवश राई, दिपक लकान्द्री, उमेश अधिकारी, डिल्ली मैनाली, लक्ष्मी याखा, सुमनसिंह पौडेल, पुस्प अधिकारि, प्रशान्त थापा, दिलिप थापा, नवीन अधिकारी, चमनलाल माझी, कुमार मैनाली, दिपक कुरुम्बाङ, लिला बजागाइं(देहावसान भैसकेको छ) , तेज तिवारी, भोजराज कोइराला, नवल गजमेर, प्रबिन दर्नाल, सुवाश राई, नगेन्द्र लिम्बू, संजय राई, भिम लिम्बू, टीका पोखरेल, प्रबिण मिश्र, अनुल सारु मगर, याम गिरि, भिम लिम्बू, सेसेहाङ लिम्बु, पुकार तामाङ, कमल पराजुली, अरुन पौडेल, तारा थापा, सहित अन्य केही सर्वसाधरण जनता सहित करिब ५० जनाको हाराहारिमा प्रहरिले नेपाल कम्युनिस्ट पार्टिको नाममा गिरफ्तार गरि विभिन्न झुट्टा मुद्धा लगाएर दुख दिने काम गर्यो । यी माथी उल्लेख भएका नामहरु भन्दा बाहेक अन्य जनताहरुले पनि नेपाल कम्युनिस्ट पार्टिको नाममा सास्ती ब्यहोरी सकेका छन । करिव ५० जनाको संख्यामा हाल सम्म राज्यद्वारा विभिन्न कसुरमा मुद्धा भिराइएका जनता झापामा छन । यसरि हेर्दा झापामा अहिले सम्म यो संख्यामा राज्यद्वारा सास्ती खेप्ने  जनताहरु हुनु भनेको कम होइन । यसले के कुरा पुष्टि हुन्छ भने झापामा अन्य कंयौ देखिएका, नदेखिएका समर्थकहरु, पार्टी कार्यकर्ताहरु छन जो पार्टिको योजनामा परिचालित भैरहेका छन ।
ख) पक्राउको प्रभाव कस्तो ?

प्रहरिले नियन्त्रण गरेको र मुद्धा चलाएको आधारमा प्रहरिको व्यबशायिक मुल्यांकन गर्ने हो भने आफ्नो काममा प्रहरीलाई सफलनै भएको मान्नु पर्ला , किन कि प्रहरिले झापामा पचासौं जनालाई गिरफ्तार गरिसकेको छ । तर प्रहरिको यो नियन्त्रण प्रकृया र राजनितिक मुद्धालाइ गरिएको अपाराधिकरण सहि हो त ? प्रहरिले के झापामा बिप्ल्वका सबै कार्यकर्ता र शुभचिन्तकहरुलाइ पक्राउ गर्न सक्यो त ?  यसले कस्तो खालको प्रभाव छोडेको छ ? यसले के सम्भावनालाइ संकेत गरेको छ ? यसका असरहरु के के हुन ? यी सन्धर्भहरुको बारेमा भने गम्भीर भएर समीक्षा गर्नै पर्ने हुन्छ ।  पक्राउ परेकाहरु मध्य केही कार्यकर्ताहरुले पलायनताको बाटो समाएको सहि हो । माथी नाम लिइएका नेता कार्यकर्ता  मध्य हाल धेरै पार्टिकै काममा प्रत्यक्ष/ परोक्ष सहभागी छन । यधपी हामीले कंहाबाट यसलाइ हेर्न आवश्यक छ भने झापामा छोटो समयमै  यो संख्यामा गिरफ्तारी पर्नु र केहि मात्र आन्दोलनबाट भागेका छन । बांकी रहेका अधिकांस जस्तो सुकै कठिनाइमा पनि पार्टी र क्रान्ती प्रती दृढता पुर्वक लाग्नु सान्य कुरा होइन ।  राज्यले गिरफ्तारि गरेर पार्टिलाइ कमजोर बनाउने जसरी रणनिती तय गरेको छ यसले पार्टिलाइ कमजोर होइन , दमनको पहिलो चरणमा हजारौं हजार जनताको बिचमा पार्टिलाइ मजबुत बनाएर उभ्याएको छ, यो सकारात्मक र सुखद बिसय हो ।  पक्राउ पर्ने, दमन खेप्ने नेताकार्यकर्ताहरुको पंक्तिबाट खारिएको नेतृत्व निर्माण हुने कुरानै सत्य हो  । जनताले नजिकबाट भरपर्दिलो नेतृत्वको अपेक्षा राख्ने कुरा आन्दोलनको प्रकृयामा हुने र राज्यको दमनमा पिसिएर दृढ नेतृत्व जनताले प्राप्त गर्ने कुरानै तथ्यपरक कुरा हो  ।  यसरी हेर्दा  झापाली जनताले अझ ससक्त , खारिएको, माझिएको, परिपक्व, अडान भएको नेता प्राप्त गर्दै छन । यो हुनु भनेको आन्दोलनको निर्णायक बेला ( जो निकट छ )  जनताले असल नेतृत्व प्राप्त गरेपछी हजारौं हजार जनताहरु आन्दोलनमा सहभागी हुने पुर्व स्थिती हो । आगामी दिनमा झापाले हजारौं योद्धाहरु पाउने स्थिती बन्नु भनेको  झापामा जरा गाडेर बसेका दलाल पुंजिवादी सत्ताका सबै अवयबहरुलाइ परास्त गर्नु हो ।  जनताको बिजय हुनु हो । त्यसैले पक्राउले आन्दोलनलाइ निस्प्रभावी होइन कि बरु थप प्रभावशालि बनाउदै लगेको स्पस्ट छ ।

(ग) क्रान्तिबिरोधि षड्यन्त्र र त्यसको असर

क्रान्तिका कामहरुमा क्रान्तिबिरोधि तत्वले सड्यन्त्रकारी भुमिका खेल्दा निश्चयनै त्यसले क्रान्तिलाइ असर गर्छ नै । जो अहिले झापामा भैरहेको छ । पार्टी छोडेका केही भंडुवाहरु आंफुलाइ थाहा भएका सुचनाहरु बिरोधिलाइ बेच्ने । संगठनको विश्लेषण गरिदिने । क्रान्तिकारीहरुको बिचमा खेल्ने, सुराकि गर्ने, र विभिन्न बाहाना र प्रलोभनमा क्रान्तिकारिहरुलाइ झुक्याउने काम गरिरहेका छन । यसले क्रान्तिलाइ असरनै गर्छ । तर त्यो असर कस्तो प्रकारको हुन्छ भने शल्यक्रिया गर्दाको अवस्थाको जस्तो हुन्छ । शल्यक्रिया गरेर ठूलो रोग निको पार्नु पर्ने अवस्थामा शरिरलाइ जे असर हुन्छ त्यस्तै असर सड्यन्त्रकारिहरुको गतिबिधिले गरिरहेको हुन्छ । पार्टिको सुचना दिएर, बिरोध गरेर, केही क्रान्तिकारिलाइ अप्ठ्यारोमा पारेर आन्दोलनको प्रभाव कहिले सकिदैन । किनकी यो बस्तुत अनिवार्य आवश्यकताको जगमा खडा भएको छ । यसले यसको बिरोधी दृष्टिकोण, बिरोधी बिचार, बिरोधी गतिबिधी र सड्यन्त्रको चिरफार गरेरै अघि बड्नु छ । सिंगो सत्ताको चरित्र बदल्ने आन्दोलनको गहिराइ अनन्त सम्म छ । त्यसो हुंदा क्रान्तिबिरोधी सड्यन्त्रको सामना गरेरै आन्दोलन अगाडि बढ्ने भएकाले त्यस्ता षड्यन्त्रले आन्दोलनलाइ अझ मजबुत, सकृय, बनाउनलाइ मद्धत गर्ने छन । त्यस्ता पात्रहरुको चलखेल र गतिबिधिले झापाली जनतालाइ अझ स्पस्ट, चनाखो, आलोचक, बनाउने छ । जसले इमान्दारहरुको पंक्ति निर्माण गर्न मद्धत गर्ने छ । यो बेला सत्ताको चरम संकटको बेला हो, यो भनेको बिशाल आन्दोलनको पुर्वबेला हो, यहाँ हजारौ जनताको नेतृत्व गर्न सक्ने पंक्तिको तयारी हुनुपर्ने अनिवार्यतालाई यी तमाम सड्यन्त्रहरुले मलजल गर्ने काम गरिरहेका छन ।

घ) जनतामा प्रभाव
भटाभट नेपाल कम्युनिस्ट पार्टिका नेता कार्यकर्ता पक्राउ पर्नुले आम झापाली जनतालाइ धेरै दुख लागेको छ । झापाको स्थिती हेर्ने हो भने अहिलेकै अवस्थामा ६०% जनता नेपाल कम्युनिस्ट पार्टिको पक्षमा छन । आस्था, बिचार जहाँ जहाँ भएपनी हाम्रा राजनितिक कामहरुको स्वागत गरेकै पाइन्छ । तर पछिल्लो स्थितिको पक्राउ, दमनले भने आन्दोलन कमजोर हुँदै त गएको होइन ? भन्ने चिन्ता पैदा भएको छ । पहिलोत आन्दोलन सकिने कुरा त्यति बेला मात्र सम्भव छ जतिबेला समाजमा भएका सारा संकटहरुसमाधान हुने छन । त्यसो हुन नसक्दा आन्दोलनको औचित्य, आन्दोलनको प्रभाव, आन्दोलनको बिजयको सम्भवाना जवरजस्त रहन्छ । त्यसैले हामीले यो बुझ्न जरुरी छ कि आन्दोलन कमजोर होइनकि थप मजबुत हुँदै गएको छ । सत्ता संकट झन झन बढेको छ यो भनेकै आन्दोलन मजबुत हुनु हो । यंहा हामीलाइ जेलमा हालेर, हत्या गरेर यो रोकिनेवाला , कमजोर हुनेवाला छैन । केही पहल कर्ताको अभाव हुने छ तर त्यो अनिवार्यता कंही न कंहिबाट पुर्ती हुने छ । झापाका जनताको यो चिन्ता भित्र आन्दोलनको सफलताको अपेक्षा छ , त्यो सम्भव भएरै छोड्ने छ । यो चिन्ताको सकारात्मकता तिब्र छ्लफल, बहस, अन्तर्कृयामा अभिब्यक्त हुने छ । यसले पार्टिको कार्यक्रम अनुसारको वातावरण बनाउन मद्धत गर्ने छ । जनताको घेरालाइ मजबुत बनाउदै लाने छ । जनताको बिजय शुनिश्चित गर्नेछ ।
(ङ) मिडियाहरुको भ्रम
झापाका मिडियाहरुले हतार हतार झापामा बिप्लवको पार्टी सकियो भन्न समेत भ्याइसके । कति हतार गरेर अनुमानका कुरा र सतही बुझाइ सहित मिडियाकर्मी मित्रहरुले कलम चलाएका हुन, मलाइ त अचम्म लाग्यो । मिडियामा आएका समाचारहरु हेरेपछी भने पत्रकारिताको जग र त्यस जगमा खडा भएको पत्रकार पात्रबाट भुंइ मान्छेहरुले के अपेक्षा गर्ने , त्यस पात्रले के दिन सक्ने रहेछ र ? मलाइ भने यस्तो लाग्यो । पत्रकार समाजको एैना हो । समाजमा घटित घटनाहरुलाइ पत्रकारले सजिवता पुर्वक पस्कन्छन । त्यसको सच्चाइमा ध्यान दिएका हुन्छन । जब पत्रकारले अपुस्ट कुराहरुलाई सामाग्री बनाएर पस्कन थाल्छन तब जनतामा भ्रम पैदा हुन्छ ।अहिलेको सन्धर्भमा पत्रकारहरुनै वर्तमान सत्ताको खास प्रतिपक्षमा छन र हुनुपर्ने पनि त्यहि हो । सत्ताको मनलाग्दी उन्माद र त्यसले रास्ट्र र जनतमाथी लादेको अन्याय, अत्यचारका बिरुद्ध बोल्नु पर्छ, संघर्ष गर्नु पर्छ यसमा पत्रकारहरुले पनि क्रान्तिकारिहरु जत्तिकै ध्यान पुर्याउन आवश्यक छ । तर शक्ती, पैसा र पंहुचको कृतिम मालामा उनिएर पत्रकारको परिचय बनाउनुले व्यापारी र पत्रकारको भेद छुट्ट्याउन अप्ठ्यारो हुन्छ ।  क्रान्तिको निम्ति पत्रकारको ठूलो भुमिका हुन्छ त्यो भुमिका जनताले खोजिरहेकाछन पत्रकारहरुबाट ।
(च) सुरक्षाकर्मी हाम्रा मित्र
सायद सुरक्षाकर्मिहरु भित्रपनि मन हुन्छ । त्यो मन भित्र बिबेचना गर्ने सक्षमता लुकेको हुन्छ । सबै सुरक्षाकर्मिहरु हाम्रो बारेमा निश्चयनै सोच्दै हुनुहुन्छ होला । दमनको प्रवाह छैन, पक्राउ र हत्याको प्रवाह छैन, देश जनता भनेको छ । खाइ नखाइ हिनेको छ । पक्राउ परेको छ, मुद्धा झेलेको छ, यातना खाएको छ । नेपाल कम्युनिस्ट पार्टिका नेता कार्यकर्ताहरु माथी यस्तो किन ? पक्कै पनि कवितामा डुब्ने, साहित्य र गितमा हराउने, साथी भाइको बिचमा बसेर चिया कफि खाने हाम्रा प्रहरी साथिहरुलाइ यो बिसयले बेला बेला घोच्छ होला । पोल्छ होला । हाम्रो पनि मन छ घरमा बस्ने, रमाएर हिंड्ने, साथिभाइसंग भेट्घाट गर्ने, हाम्रा आफ्ना निजि चाहानाहरु छन सबै कुरालाइ तिलान्जली दिएर जनताको जिवनलाइ सुखी बनाउने सपना बोकेर हामी  हिंडिरहेका छौं । हाम्रो सपना हाम्रो निजि स्वार्थ संग जोडिएको छैन । यो सपना, उदेश्य सुरक्षाकर्मी साथिहरुको निम्ति पनि उत्तिकै छ जति हाम्रो निम्ति छ । त्यस हिसाबले सुरक्षाकर्मीहरु हाम्रा साथी हुन, हाम्रा दाजु भाइ हुन ।
देशै भुलेर,
बसेको छौ भने, फर्किएर आऊ अब आफ्नै सानो गाँऊ।
को हिमाली, को पहाडी, को यँहा तराई।
सँगै रमाऊ, आफ्नै देश नेपाललाई स्वर्ग बनाऊ।
देशै भुलेर………..
पक्कै पनि सुरक्षाकर्मी मित्रहरुकै मन भित्र तुफान भएर मडारिएको शाव्दिक बिम्बलाई वास्तविक रुपमै साकार बनाउने हाम्रो सपना, लक्ष्य र उदेश्य छ । हामी एकाकार भएर दलालहरुको अपराधिक अन्यायलाईअन्त्य गरेर जनताको सुदिन ल्याउन चाहान्छौ । सुरक्षाकर्मिहरुसंग हाम्रो घम्साघम्सी होइन हामी विचमा त मित्रवत व्यवहार हुनु पर्दछ ।
छ) दलालहरुको गिद्धेदृस्टी क्रान्ती तर्फ

दलालहरु जसले कानुनको दुरुपयोग गरेर सामाजिक अपराधको जालो फैलाएका छन । त्यो विभिन्न तह र संस्थामा छ । यसले रास्ट्र र जनतालाइ अँध्यारो उकुस मुकुसमा खंदारेको छ । आफू बिलासी जीवन बांचेर सडकका जनताहरुको रगत चुसेको दलाल प्रबृती जनताको बिचबाट उठेको बिद्रोह, प्रतिरोधलाइ दबाउन कम्मर कसेर लागेका छन । जनतालाइ ठग्ने, रास्ट्रको सौदा गर्ने, यो मुलुकलाइ कंगाल बनाउने यस्ता अपराधिहरुलाइ जनताको आन्दोलनले ठेगान लगाउने छ । यधपी सत्ता र शक्तिको आडमा जनता र क्रान्ती माथी लादिएको अन्यायको बिरोधमा प्रतिरोधको ज्वाला दन्किरहेको छ । यसले दलालहरुको स्वर्गलाई खरानी पार्ने छ । प्रस्ट्र रुपमा दलाल र जनता बिचको खाडल देखिएको छ । दलालहरुको क्रान्ती प्रतिको गिद्धे दृस्टिले क्रान्तिलाइ बिस्फोटक बनाउदै लगेको छ । दलालहरु आफ्नो चिहान आंफै खनिरहेका छन । समयलाई पर्खनु पर्छ यसको निम्ति धैर्यता चाहिन्छ ।
ज) क्रान्तिकारीहरु माथी अमानविय ब्यवहार
झापाका  पक्राउ परेका ६ जना जो अहिले सरकारको कब्जामा छन । निहत्थाहरुलाइ बन्दुक तेर्साएर, कुटपिट र यातना दिएर बन्दुकको घेरामा सरकारले कैद गरेको छ । सत्ताको रङ्गले मात्तिएकाहरु बन्दुकको छांयामा नागरिकहरुलाइ दुख दिइरहेका छन । झापामा हाम्रा साथिहरुलाई पनि यसरिनै दुख दिइएको छ । झापा जिल्लामा अन्य जिल्लाका साथिहरुपनी हिरासतमा हुनुहुन्छ । ताप्लेजुङका ५ जना साथिहरु अहिले प्रहरी हिरासतमा हुनुहुन्छ । उंहाहरुलाइ दुख दिइएको छ , जो सरकार चाहान्छ ।
रास्ट्र र जनतामाथी घात प्रतिघात गरेर आफू सुख र बैभवको जीवन बांच्ने नेता ज्युहरुलाइ के थाहा सडकमा  आँसु पिएर हिनिरहेको जनताको हालत, खोलाको किनारमा झुप्रो हालेर रात दिन त्रासमा बांचेको गरिवको स्थिती, सुकुमवासी, किसान, मजदुर र गरिबहरुको हालत के छ ? यो सरकार र यसका मान्यहरुलाई के थाहा ? थाहा छैन, उनिहरुलाइ कमिशन थाहा छ, भ्रस्टाचार थाहा छ, लुट थाहा छ । उनिहरुको पेशानै यहि छ  । आफ्नो लुटको सत्ताको रक्षाको निम्ति क्रान्तिकारिहरु माथी दमन थोपर्ने उनिहरुको धर्म भएपनी अलिकति विबेक प्रयोग गरेर के बुझ्न जरुरी छ भने,  नेपाल कम्युनिस्ट पार्टिले उठान गरेका विषयकम्हरु राजनितिक हुन । राजनितिक मुद्धालाइ अपराधिकरण नगरियोस , क्रान्तिकारी माथी राजनितिक बन्दिको व्यवहार गरियोस । दमनको शृखला बन्द गरियोस ।
झ) झापा शहिदहरुको भुमी

झापा जिल्ला यस्तो जिल्ला हो जसले नेपाली कम्युनिस्ट आन्दोलनको इंतिहासमा आंफुलाई रातो बनाएर परिचित गराइसकेको छ । कम्युनिस्ट हरु जब आफ्ना बर्ग बैरिहरुको स्वार्थमा आफ्नो निस्ठाको सौदा गर्दै थिए त्यति बेला झापाका युवाहरु, किसानहरु सामन्त जमिनदार उत्पिडक बिरुद्ध ससस्त्र युद्ध लड्दै थिए । गद्दारहरुको हिसाब नगरौं तर झापाको माटो रातो छ, झापाको रङ्ग रातो छ, झापाली जनताको चेतना रातो छ । झापा क्रान्तिको झिल्को पनि हो, रांको पनि हो र बिस्फोटक बिद्रोह पनि हो । २८ सालमा क्रान्तिकारिको रगत बग्यो,  जनयुद्धमा बग्यो, ६२/६३ सालको जन आन्दोलनमा बग्यो । झापाले आफ्नो गर्भमा क्रान्तिकारिहरु लाई जहिलै हुर्कायो, जहिलै ससक्त बनायो । झापा सहिदहरुको भुमि हो । हामी सहिदको सपना, सहिद परिवार, बेपत्ता परिवार, घाइते, अपाङ्ग र आम झापाली क्रान्तिकारी जनताको सपना, बिश्वास, र भरोसालाइ कहिलै ढल्न दिने छैनौ, गल्न दिने छैनौ । हामी बलिदान स्विकार्न तयार छौं । हाम्रा कमजोरी हुन सक्छन, रातो झापाले हामीलाइ संधै पथ प्रदर्शक गरिरहने छ ।अन्तमा, दलाल सत्ता यतिबेला आफ्नो असफलतालाई ढाकछोप गरेर केही दिन बांच्न चाहान्छ । तर सत्ताको असफलता कंही कुनै कुनामा छिप्न सकेन । त्यसैले यतिबेला सत्ताकै नजिक भएकाहरु यो ब्यवस्थामा समस्या हो कि नेतृत्वमा भन्ने अवस्थामा पुगे । नेतृत्व समस्या होइन, किन कि नंया नंया नेतृत्वको कार्यसम्पादन पनि नेपाली जनताले अनुभूति गर्न पाए ।  यसले स्पस्ट के कुराको संकेत गरेको छ भने अब नेतृत्वको समस्या होइन कि यो ब्यवस्थाकै समस्या हो । जसको कारण आज देश र जनता मागिखाने भिकारी जस्तो बन्न पुगेका छन । त्यसैले अब ब्यवस्थाको बिकल्प अनिवार्य जस्तै बनेको छ । दलाल पुंजिवादी सत्ता को बिकल्प बैज्ञानिक समाजबाद हो भन्ने चर्चा परिचर्चा आम भैसकेको छ । अब यो बिसयलाइ संस्थागत गर्ने संघर्ष नेपाली जनताले गर्ने छन । अर्को ब्यवस्था स्थापना हुने छ, जसले यो देशलाइ समृद्ध गर्ने छ । झापामा बिप्लवको पार्टी सकिएको छैन, यो अझ खारिएको छ, माझिएको छ । जनतालाइ नेतृत्व दिन सक्नेगरी उंचाइ हासिल गर्दै बिजय तर्फ लम्किरहेको छ ।  आउनुस निकट सम्भावनालाइ सार्थक बनाउन हातेमालो गरौं, के सुरक्षाकर्मी, के कर्मचारी, के जनता, सबै उत्पिडितहरु मिलौं अन्तिम संघर्षको निम्ति । बैज्ञानिक समाजवाद स्थापनाको निम्ति । भोलिको सुन्दर दुनिंया निर्माणको निम्ति ।

विप्लवका झापा जिल्ला इन्चार्ज सुमन सिंह पाैडेल

प्रतिकृया दिनुहोस्