News Portal

पुर्वि नाकामा भैरहेको तस्करी नराेकिए जनकारबाही गर्ने विप्लव नेकपाकाे चेतावनी

रातोपोस्ट संवाददाता
१०७६ पटक

झापा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि झापाले एक विज्ञप्ति जारी गदै पुर्वी नाकाबाट हुने तस्करी नराेकिए जनकारबाही गर्ने चेतावनी दिएको छ।

पूर्वको मुख्य नाकामध्ये मेचीनगर नगरपालिकाको ज्यामीरगढि, काकडभिट्टा , नकलबन्दा, बाहुनडाँगी र तिरिङ लगायतका नाकाबाट प्रशासन र तस्कर, दलालहरुको मिलेमतोमा सामान ओसारपसार भइरहेको प्रति आपत्ति जनाउँदै उक्त पार्टीका सेक्रेटरी श्रीजंगले आज  एक विज्ञप्ति जारी गरेका छन्।

शुक्रबार जारि गरिएको बिज्ञप्तिमा भनिएको छ, जनताको ढाड सेकिनेगरि कर बढाएको, देशको बिभिन्न नाकामा तस्करसँगको मिलेमतोमा बिभिन्न सामान तस्करीमा स्वयं प्रशासन र जनप्रतिनिधिहरुनै संलग्न भएको उल्लेख छ । नेपालको पूर्वी नाकामा रहेको मेचीनगर नगरपालिकाको ज्यामीरगढि, काँकरभिटा, नकलबन्दा, बाहुनडाँगी र तिरिङ लगायतका नाकाबाट ब्यापक तस्करी भएको जनगुनासो आएको नेकपाले जनाएको छ ।

जिल्ला सेक्रेटरी श्रीजंगद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा, ‘दुई तिहाइ बहुमत प्राप्त केपी÷पीके मण्डली सरकार जनतालाई ढाड सेक्नेगरि कर लगाउने र तस्कर दलालहरुलाई छुट दिने अनि जनआवाजलाई दबाउन बुट बजार्ने काममा ब्यस्त रहेको छ । यस्तो खालको गतिबिधिले सरकार जनताको नभएर दलाल, भ्रष्ट र तस्करहरुको रहेको कुरा स्पष्ट छ ।’ उल्लेख छ ।

‘मेचीनगरको ज्यामीरगढि, काकडभिट्टा , नकलबन्दा, बाहुनडाँगी र तिरिङ लगायतका नाकाबाट हुने तस्करी तत्काल बन्द गर्न यसै बिज्ञप्ति मार्फत सूचित गरिन्छ । अन्यथा हाम्रो पार्टी देश र जनताको पक्षमा रहेर तस्करीहरुमाथि जनकारबाहि गर्न बाध्य हुनेछ । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार केपी÷पीके बादल कम्पनी रहने यसै बिज्ञप्तिद्वारा अबगत गराइन्छ ’भनि उल्लेख गरिएकाे छ ।

विज्ञप्तिकाे पुर्णपाठ

प्रतिकृया दिनुहोस्