News Portal

  • अखिल (क्रान्तिकारी)काे शैक्षिक हड्ताल,झापासहित देशभरका अधिकांश विद्यालय प्रभावित

    रातोपोस्ट संवाददाता
    ११३५ पटक

    झापा । नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले आज बुधबार देशभर आह्वान गरेको आम शैक्षिक हडतालका कारण झापाका अधिकांश शैक्षिक संस्थाहरु प्रभावित भएका छन् ।

    अखिल (क्रान्तिकारी) ले सङ्गठनका नेता–कार्यकर्ताको गिरफ्तारी, सङ्गठनमाथि अघोषित रूपमा प्रतिबन्ध र पक्राउ परेका नेता कार्यकर्तालाई चरम यातना दिएको भन्दै एकदिने आम शैक्षिक हडतालको आह्वान गरेको थियो ।

    अखिल (क्रान्तिकारी)का उपाध्यक्ष रुद्र भट्टराईले सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र विकलगायत नेताहरूको गिरफ्तारीप्रति आपत्ति जनाउँदै रिहाइको मागसहित चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेका थिए ।

    सोहीअनुसार अखिल (क्रान्तिकारी) ले बुधबार शैक्षिक संस्था बन्दका लागि आह्वान गरेको थियो । हडतालका कारण झापा, काठमाडौँ उपत्यकासहित देशभरका अधिकांश शैक्षिक संस्था प्रभावित भएकाे विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    हडतालको तयारी पूर्ण भइसकेपछि सरकारले सङ्गठनका अध्यक्षलाई थुनामुक्त गरे पनि कोषाध्यक्षलगायत नेता–कार्यकर्ताहरू अझै थुनामा छन् । कोषाध्यक्ष नरेन्द्र विकलाई हिरासतमै करेन्ट लगाएर चरम शारीरिक र मानसिक यातना दिएको तथ्य सार्वजनिक भएपछि सङ्गठन झनै आक्रोशित बनेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)