News Portal

अखिल (क्रान्तिकारी)झापाको आयोजनामा बौद्धिक स्तर वृद्धि तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
१२४८ पटक

झापा ।नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) झापाको आयोजनामा बौद्धिक स्तर वृद्धि तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।

त्रिदेव क्याम्पसमा भएको उक्त कार्यक्रममा सयौं विद्यार्थी सहभागी भएको र उक्त कार्यक्रमका प्रशिक्षक सुशील कोइराला रहेको कार्यक्रमका प्रमुख अतिथि तथा अखिल (क्रान्तिकारी )झापाका संयोजक कुमार शाहीले जानकारी दिए।

उक्त कार्यक्रमको अध्यक्षता इकाई कमिटि खगेन्द्रले गरेका थिए भने अन्य अतिथिमा क्याम्पस प्राध्यापक, अखिल (क्रान्तिकारी) का जिल्ला सदस्य विनोद त्यस्तै नेविसंघका पदाधिकारी लगायतको सहभागी रहेको आयोजकले जानकारी दिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अखिलका नेताहरूले विद्यार्थीहरु कुनै अपराधिक संगठन नभएकाे भन्दै अपराधीकाे नजरले नहेर्न समेत सरकारलाई आग्रह गरेका थिए ।

विद्यार्थीहरु यो देशको भविस्य भएको भन्दै कलम बाेक्ने विद्यार्थीहरुमाथि  धरपकड,गिरफ्तारी,यातना लगायतका कार्य नगर्न र यदि विद्यार्थीहरुले सडकमा जानुपर्ने अवस्था सरकारले सिर्जना गर्न चाहेको भए सरकारलाई गलत हर्कत नदेखाउन चेतावनी दिएका थिए ।साथै कार्यक्रममा बाेल्दै जिल्ला संयोजक कुमारले संगठन माथिको अघाेषित प्रतिबन्ध खारेजी नगरिए देश खतरनाक अवस्थामा जाने चेतावनी दिए।

प्रतिकृया दिनुहोस्