News Portal

लकडाउनमा बिहे गर्दा बेहुलाको मृत्यु, विवाहमा सहभागी ८० जनामा कोरोना संक्रमित

रातोपोस्ट
७६५ पटक

एजेन्सी, असार १८। लकडाउनमा विवाह गरेका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

यस्तै, विवाहमा सहभागी ८० जना पाहुनामा समेत कोरोना संकमण पुष्टि भएको छ ।

ज्वरोले ग्रसित ती बेहुलो सिटामोलको भरमा विवाह मण्डपमा बसेका थिए ।

विवाहको दुई दिनपछि भारतको वीहार घर भएका ती युवकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवाहमा संलग्न भएका अन्य पाहुनाको कोरोना परीक्षण भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्