रातोपोस्ट
![](https://ratopost.com/wp-content/themes/ratopostv2/images/1px.gif)
एजेन्सी, असार १८। लकडाउनमा विवाह गरेका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
यस्तै, विवाहमा सहभागी ८० जना पाहुनामा समेत कोरोना संकमण पुष्टि भएको छ ।
ज्वरोले ग्रसित ती बेहुलो सिटामोलको भरमा विवाह मण्डपमा बसेका थिए ।
विवाहको दुई दिनपछि भारतको वीहार घर भएका ती युवकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवाहमा संलग्न भएका अन्य पाहुनाको कोरोना परीक्षण भइरहेको जनाइएको छ ।