रातोपोस्ट संवाददाता

कैलाली । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती महाकाली ब्युरो इन्चार्ज ओम प्रकाश पुन र अनेमसंघकि नेतृ एवम्, उनकी श्रीमती पुर्णिमा धामिलाई प्रहरीले गिरफ्तार गरेको छ।
पुन नेकपाका प्रभावसाली नेता हुन भने उनकि श्रीमती पुर्णिमा अनेमसंघकि नेतृ हुन्। उनिहरु दुवैजनालाई प्रहरीले कैलालीको धनगढीबाट पक्राउ गरेको पार्टी स्रोतले बताएको छ।यसबारे प्रहरीले भने कुनै जानकारी दिएको छैन। घटनाको विस्तृत विवरण आउन बाँकि छ।
सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएसगै देशभर सयौं नेताकार्यकर्ता हरुलाई पक्राउ गरेको छ ।