News Portal

पेट्रोलकाे मुल्य वृद्धि फिर्ता नगरे सिमानामा ट्यांकर बन्द गर्ने अखिल क्रान्तिकारीकाे चेतावनी

रातोपोस्ट संवाददाता
१६६५ पटक

झापा। नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जिल्ला समिति झापाले आज प्रेस बिज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थ मा भएको मुल्य वृद्धि फिर्ता गर्न माग गरेको छ। नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन बाट पेट्रोलको मुल्य वृद्धि भएको भन्दै प्रति लिटर रु २ रुपैया मुल्य वृद्धि गरेको थियोे । उक्त मुल्य वृद्धि प्रति आफ्नो विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को गम्भिर ध्यानाकर्षण भएको बताउँदै मुल्य वृद्धि फिर्ता गर्न भन्दै अखिल (क्रान्तिकारी )ले चेतावनी सहितको विज्ञप्ति जारी गरेको हो ।

जिल्ला सम्योजक कुमारद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ – ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणकाे यो विषम परिस्थितिमा जनताको रक्षक बन्नुपर्ने बेला महामारीको अवस्था देखाउँदै निर्विकल्प रुपमा ओलि सरकारद्वारा लादिएको निरन्तर बन्दाबन्दी र निषेधाज्ञाले जनताको दैनिक जिवन धान्न समेत ज्यादै कठिन रहेको समयमा गरिएको मुल्य वृद्धिको हामी घोर निन्दा एवं भत्र्सना गर्दछौँ । यतिबेला ओलि सरकार आफ्ना जनताको कमजोर अवस्थाको हेक्का नै नराखी केवल भारतियहरुले पठाएको पत्र देखाउँदै मुल्य वृद्धि गर्दै जनताको जीवन झन कष्टकर बनाउँदै जाने अनैतिक गैर जिम्मेवारीपनले जनतामारा खेलमा व्यस्त रहेको छ।
सरकारले गरेको मुल्य वृद्धिको निर्णय तत्काल फिर्ता लिन हाम्रो संगठन सरकारसँग जाेडदार माग गर्दछ। साथै पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता नगरे झापाको सिमानाका काकडभिट्टा र भद्रपुरबाट आउने सबै तेलका ट्यांकरहरु माथि प्रतिबन्ध लगाउने चेतावनी समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

सरकारी उदासिनताकै कारण हाल देशैभरी रगत अभाव हुन पुगेको भन्दै उनले आफ्नो संगठनका नेताकार्यकर्ता तथा आम झापाली युवा विद्यार्थीहरुलाई सुरक्षित तवरले रक्तदान गर्न समेत अपिल गरेका छन् । ‘कोभिड-१९ को महामारी र सरकारी उदासिनताका कारण हाल देशव्यापीरुपमा अस्पतालहरुमा देखिएको रगत अभावलाई पुर्ति गर्न भन्दै आम युवा बिद्यार्थीहरुलाई समेत अभियानात्मक रुपमा सहभागी गराई रगत अभावमा जिवन जोखिममा रहेका जनताको जिवन रक्षाको कार्यमा जुट्न अपिल गरिएको छ।                                           

प्रतिकृया दिनुहोस्