News Portal

प्रचण्ड अब भित्ते राष्ट्रपति बाट फेसबुके प्रधानमन्त्री-महेश बस्नेत

रातोपोस्ट संवाददाता
१४२१ पटक

काठमाडौ,८ पुष । पुर्व मन्त्री एवम् सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्डलाई फेसबुके प्रधानमन्त्रीकाे संज्ञा दिएका छन् ।

आज फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले बिगठित प्रतिनिधि सभाकाे नेकपाकाे सिमित पुर्व सांसदहरूकाे संसदीय दलको नेता भएको भन्दै प्रचण्ड माथि व्यङ्ग्य गरेका हुन ।

उनले लेखेका छन्,- नेपालमा छलाङ्ग, धक्का, क्रमभङ्ग, महाबिपत्तिको सिद्धान्तका प्रत्युपादक नेता क प्रचण्डको ०६४ सालको चुनाब अगाडी भाबी कार्यकारी राष्ट्रपति भनेर खुव बाल पेन्ट गराईयो फोटो टाँसियो। संबिधान निर्माण गर्दा उहाँले त्यो अडान छोडनु भयो। अनि उहाँहरुले नै भन्ने गरेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने भनेको संसदीय ब्यब्स्थामा सम्झौता गर्नु भयो। अनि त्यो सबै नाटक साबित भयो र उहाँको नाम भित्ते राष्ट्रपति रहन गयो।

आज फेरि बिगठीत प्रतिनिध सभाको नेकपाको सिमित पुर्व सासंदहरुको संसदिय दलको नेता हुनु भएछ। अब कहिले बन्न नसक्ने प्रधानमन्त्रीको अभिलाषा बोक्नुभएको क प्रचण्ड अब भित्ते राष्ट्रपति बाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का छ। हार्दिक बधाई छ।

प्रतिकृया दिनुहोस्