News Portal

विद्राेहि नेकपाद्वारा पश्चिम् नवलपरासीमा बिरोध सभा

रातोपोस्ट संवाददाता
५८५ पटक

परासी,४ माघ। आफ्ना नेता कर्याकर्ताको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको विप्लव नेतृत्वको नेकपाले हिजाे पश्चिम् नवलपरासी जिल्लामा बिरोध सभा सम्पन्न गरेको छ ।

पार्टीका सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय बिभाग प्रमुख धर्मेन्द्र बास्तोलाको बिनासर्त तत्काल रिहाईको माग गर्दै नेकपाले आज पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाको जदाहामा बिरोधसभा सम्पन्न गरेकाे जानकारी दिएकाे छ ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा नेता गुरुदेवले आफ्नो पार्टीका नेता बास्तोला लगायत अन्य नेताको तत्काल रिहाई नगरे आन्दोलनको आँधिबेहेरी सिर्जना गर्ने चेतावनी दिएका थिए ।

पार्टी संगठन निर्माणको अभियानमा जुटेका आफ्ना नेतालाई झुट्ठा आरोप लगाई थुनामा राखेको प्रति खेद प्रकट गर्दै उनले संघर्षबाट स्थापित नेकपा सँग पैठेजोरी नखेल्न राज्यको ध्यानाकर्षण गराएकाे पार्टि स्राेतले जानकारी दिएकाे छ ।

सरकारले कोरोनाको बेला जनताको स्वास्थ्यका लागि काम गर्नुको साटो सरकार जनता प्रती निरङ्कुस बनेको र पार्टी भित्रको झगडाले संसद विघटन गरि निर्वाचन गर्छु भन्दै कोरोना विरुद्ध लगाउने खोपका लागि चन्दा उठाउनु सरकारले नौटङ्गी गरेको नेकपाले आरोप लगाएकाे छ ।

नेता कार्यकर्ता तत्काल रिहाइको माग गर्दै नेकपाले विभिन्न चरणका संर्घषका कार्यक्रम अन्तर्गत हिजाे बिरोध सभा गरेको हो।

प्रतिकृया दिनुहोस्