News Portal

कर्णाली प्रदेशका सबै नाका आज राति १२ बजेदेखि सिल गरिने

रातोपोस्ट संवाददाता
६५४ पटक

काठमाडाैँ। सोमबार राति १२ बजेदेखि कर्णाली प्रदेशमा प्रवेश गर्ने सबै नाका पूर्ण रुपमा बन्द हुने भएको छ । कर्णाली प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग एक हप्तासम्म पूर्ण रुपमा बन्द गरी लकडाउन मजवुत बनाउने निर्णय गरेको हो ।

प्रदेश ५ को नेपालगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेपछि प्रदेशको नाका सिल गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।

यस्तै बैठकले प्रदेशको दुर्गम ठाउँमा स्थलमार्गबाट स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पुर्‍याउन नसक्ने अवस्था भए हेलिकप्टरबाट पठाउने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस्