News Portal

पुर्व सांसद एवम्, नेकपा नेतृ भुजेल धराैटिमा रिहाइ भए लगत्तै पुन : पक्राउ, धनुषा लैजाने तयारी

रातोपोस्ट संवाददाता
७७२ पटक

झापा। नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेची-कोशी कमाण्ड ईञ्चार्ज तथा पुर्व सांसद नेतृ उमा भुजेल (शिलु) आज झापा जिल्ला अदालतमा १ लाख धराैटि बुझाएर रिहाइ भए लगत्तै प्रहरीले उनलाई पुनः पक्राउ गरि धनुषा लाने तयारी गरेको छ।

अदालत परिसरबाट हाम्रो सम्पर्कमा आएकी नेतृ भुजेलले जिल्ला अदालत झापाले रिहाइ गरेपनि प्रशासनले आफुलाई दाेस्राेपटक गिरफ्तार गरि धनुषा लाने तयारी गरेको जानकारी गराइन।

भुजेलका अनुसार उनलाई प्रशासनले आन्तरिक कारण देखाउँदै भाेलिमात्र धनुषा लाने जानकारी गराएको र आज झापा कारागारमा नै राखिने छ।

नेतृ भुजेललाई प्रहरीले गत पुस १२ गते सुनसरीको चक्रघट्टिबाट झापा जिल्ला इन्चार्ज सुमनसिंह पाैडेल सँगै गिरफ्तार गरि सुनसरी राखेकाे थियोे । यसअघि सुनसरी जिल्ला अदालत इजलास नम्बर २ मा भएको थुनछेक बहसपछि जिल्ला न्यायधिस धर्मराज पौडेलको एकल इजलासले नेतृ भुजेल र पौडेललाई जनही १० हजार धरौटीमा रिहा गरेपनि उनीहरुलाई प्रहरीले पुनः पक्राउ गरी झापा ल्याएको थियोे ।

यस अघिसँगै पक्राउ परेका सुमनसिंह पाैडेललाई प्रहरीले झापाबाट रिहाइ भए लगत्तै पुनः पक्राउ गरि सुनसरी लगेको छ।
तत्कालीन माओवादीका तर्फबाट गाेर्खा जेल ब्रेक गर्ने महिला सदस्य तथा पुर्व सांसद समेत रहेकी नेतृ भुजेलकाे टाेलिले २०५७ चैत्र १७ गते गाेर्खा जेल व्रेक गरेकाे थियोे ।

प्रतिकृया दिनुहोस्