News Portal

मंगलबार थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
३८६ पटक

काठमाडौं, असोज १३ । नेपालमा थप १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५१३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ। संक्रमितमध्ये ५५ हजार ३७१ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४९१ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर ७३१ जना घर फर्किएका छन्।

प्रतिकृया दिनुहोस्